coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कलंकी गोलीकाण्डः कारणबारे प्रहरी अन्योलमा

काठमाडौं– काठमाडौं कलंकीमा सोमबार राति पूर्व उपसचिवको घरमा गोली प्रहार भएको घटना किन र कसरी भएको हो भन्नेमा प्रहरी दोधारमा परेको छ। पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरको तेस्रो तलाको झ्यालमा अज्ञात व्यक्ति वा समूह कस्ले गोली प्रहार गरेको हो ? गोली प्रहार गर्दा रिसइबी थियो वा अपराधिक मानसिकताले प्रेरित भएर प्रहार गरिएको हो भन्ने बारेमा प्रहरीले केही बताएको छैन।

छिमेकी शोभाकर खनालको घरबाट दुई वटा हतियार बरामद भए पनि प्रहरीले दोषी को हो भन्ने खुलाएको छैन। उनी मस्कोमा इन्जिनियरिङ पढ्न जाँदा ल्याएका दुईवटा २२ र १२ बोर राइफल बरामद गरिएको छ। शर्माको घरबाट बरामद गोली पनि २२ बोरको राइफलमा प्रयोग हुने गाली हो। तसर्थ, शंकाको रुपमा खनाललाई सोधपूछका लागि प्रहरीले ल्याएको थियो।

बरामद भएका दुइटै हतियार परीक्षणका लागि विधि विज्ञान प्रयोगशाल पठाइएको र परीक्षणपछि महानगरीय प्रहरी वृत्त कालिमाटीमा पठाइएको छ। तर परीक्षणको रिपोर्ट भने प्राप्त भइसके पनि ढकालकै घरबाट शर्माको घरमा गोली प्रहार भएको हो वा होइन भन्नेमा प्रहरीले केही बताएको छैन।

होचो स्थानमा रहेको शर्माको घरमा ढकालको घरको छतबाट हानेमा मात्रै गोली लाग्नसक्ने अनुमान अनुसन्धनमा खटिएका प्रहरी बताउँछन्। ‘ढकालको घरको छतबाट मात्रै त्यहाँ गोली लाग्न सक्ने देखिन्छ तर बरामद हतियारको परीक्षण रिपोर्ट नआई केही भन्न सकिँदैन,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने। गोली चलेको खबर आउनेवित्तिकै महानगरी प्रहरी परिसर प्रमुख उत्तमराज सुवेदी पनि शर्माको घरमा पुगेका थिए। हाइड्रोपावर व्यवसायी शर्माले आफ्नै घरमा कार्यालय समेत राखेका छन्। गोली चलेको समयमा शर्माकी छोरी पढिरहेकी थिइन्। छोरीले नै झ्यालमा गोलीको आवाज आएको बताएकी थिइन्। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।

प्रहरीले राति नै २२ बोरको राइफलमा लाग्ने २ थान गोली बरामद गरेको थियो। मंगलबार बिहानदेखि प्रहरीले वरपरका घरका सर्च गर्दा ढकालको घरबाट लाइसेन्सप्राप्त २२ बोर १२ बोरको राइफल बरामद ग-यो। हतियार बरामद भएपछि ढकाललाई पनि पक्राउ गरिए पनि वयान लिएर उनलाई छोडिएको छ।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले अपराधिक मानसिकताले गोली प्रहार भएको हो वा रिसइवीका कारणले हो भन्नेमा अनुसन्धान भइरहेको बताए। ‘अहिले नै केही भन्न सक्ने अवस्था छैन। बरामद हतियार विधि विज्ञान प्रयोगशाला पठाइएको छ। त्यसको रिपोर्ट आएपछि मात्रै थप जानकारी गराउन सकिन्छ,’ परिसर प्रमुख सुवेदीले भने। उनका अनुसार शर्मा हाइड्रोपावर सञ्चालक भएकाले अरु कसैसँग रिसइवी भए नभएको बारेमा पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ। ‘शर्माको ढकालसँग जग्गाको पनि कारोबार भएको बुझिन्छ। हाम्रो अनुसन्धान त्यता पनि केन्द्रीत छ। यसै हो भन्ने यकिन भएको छैन। अनुसन्धान गर्दैछाैं,’ परिसर प्रमुख सुवेदीले भने।

प्रहरीले बरामद भएको हतियार लाइसेन्सप्राप्त भएकाले हतियार दुरुपयोग भएको आशंका गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी केदार ढकालका अनुसार महाशखाले विशेष टोली बनाएरै अनुसन्धान गरिरहेको छ। ‘अपराधिक मानसिकता वा रिसइवी दुवै विषयलाई अनुसन्धानको दायरामा राखिएको छ,’ महाशाखाका प्रवक्ता एसपी ढकालले भने।

प्रकाशित: १५ श्रावण २०७६ ०३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App