७ वैशाख २०८१ शुक्रबार
खेल

बाँझो खेतबाट माथि उठ्ने युवाको सपना

खार्तुम, (एएफपी)– उनीसँग न खेलको सामग्री छ, न त कहीँ कतैबाट समर्थन। तर, १७ वर्षे युवा फुटबलर इमाद सलिम भने अझै पनि कुनै दिन सुडान फुटबलले स्तर माथि उठ्ने र आफूजस्ता खेलाडीहरूले विश्व जगतमा क्षमता देखाउन पाउँछन् भन्ने आशामा छन्।

‘यहाँ हाम्रा लागि कुनै पनि सुविधा र आवश्यक खेलकुदका उपकरणको व्यवस्था छैन,’सलिमले भने, ‘मलाई जुत्ता, उपकरण र नियमित अभ्यासको जरुरत छ। तर मैले केही पनि पाइरहेको छैन।’ साँझपख सलिमजस्तै युवा खेलाडीहरू जम्मा हुन्छन् र बाझो खेतमा मैत्रीपूर्ण खेल खेल्छन्। जहाँ न मैदान समतल हुन्छ, न त गोलपोस्टमा जालीको नै व्यवस्था हुन्छ।

‘म जस्ता युवा खेलाडीलाई प्रोत्साहन गर्ने कोही पनि छैनन्। आशा छ, फुटबल गतिविधिमा युगान्तरकारी प्रदर्शन आउँछ,’ अप्रिलमा मात्र लामो समयको आन्दोलनबाट राष्ट्रपति ओमार अल बासिरलाई हटाइएको तर्फ संकेत गर्दै सलिमले थपे। तीन दशक सुडानमा शासन गरेका बासिरको कार्यकालमा खेलकुद गतिविधि शुन्यतामा गएको धेरैको अनुमान छ। त्यहाँ कुनै पनि फुटबल लिग आयोजना भएनन्।

अफ्रिकी महादेशमा सुडानलाई फुटबलमा अगुवाको रूपमा हेरिने गरे पनि सुडान अहिलेसम्म विश्वकपमा छनोट हुन सकेको छैन।

जसका कारण सलिमजस्ता खेलाडी स्थानीय क्लबबीच हुने सीमित मैत्रीपूर्ण खेल खेल्न बाध्य हुन्थे। स्तरीय मैदानको अभाव र निरन्तर चोटपटक लागेका कारण कतिपय युवा तथा क्षमतावान खेलाडीको खेल यात्राले गति लिनुअघि नै पूर्णविराम लाग्ने गरेको छ। सुडान फुटबल संघका उपाध्यक्ष अल फैथ बानीले अव्यवस्थित प्रतियोगिता र अपर्याप्त अभ्यासका कारण यस खेलप्रतिको मोह कम हुँदै गएको बताए।

प्रतिस्पर्धात्मक लिग नभएका कारण स्थानीय क्लबहरूले समेत फुटबल संघको सुधार योजनामा साथ नदिएको बानीको भनाई छ। बानीले सुडानमा सुविधा सम्पन्न करिब ३० वटा रंगशाला भए पनि व्यक्तिगत भएकाले पैसा हुनेहरूका लागि मात्र मैदान खुला गरिने गरेको पीडा पोखे। अफ्रिकी महादेशमा सुडानलाई फुटबलमा अगुवाको रूपमा हेरिने गरे पनि सुडान अहिलेसम्म विश्वकपमा छनोट हुन सकेको छैन।

इजिप्ट र इथियोपियासँगै अफ्रिकन फुटबल संघको स्थापनामा सुडानको पनि उतिनै महŒवपूर्ण भूमिका छ। तर, सुडानले एक पटक मात्र अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ। सुडानले सन् १९७० मा घरेलु मैदानमा आयोजना गरेको कप अफ नेसन्सको उपाधि जितेको थियो। सन् २०१२ पछि कप अफ नेसन्समा सहभागी टोलीको संख्या बढाएर २४ पु-याउँदा समेत सुडानले स्थान बनाउन सकेको छैन।

क्लबतर्पm पनि सन् १९८९ मा अल मेरिकले सुडानको प्रतिनिधित्व गर्दै अफ्रिकन क्लब ट्रफीको उपाधि जितेको थियो। बानीले फुटबल खेलप्रति सरकारको र फुटबल संघको उदासिनताका कारण सुडानका फुटबल समर्थकहरू राष्ट्रिय टोलीको जर्सीमा भन्दा युरोपियन क्लबको जर्सीमा देखिन रुचाउने बताए।

‘धेरै प्रतिभावान खेलाडीले अवसर नै पाउँदैनन्,’युवा टोलीका प्रशिक्षक मोजिर हासनले भने, ‘फुटबल एकेडेमीको अभावले क्षमता हुँदाहँुदै पनि खेलाडीहरू पलायन हुन बाध्य छन्। सुडानका खेलाडीहरू कुनै पनि युरोपिन क्लबको नजरमा पर्दैनन्।’

प्रकाशित: १५ श्रावण २०७६ ०२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App