coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

शीर्ष नेताको सहमतिमा अन्तरिम संगठनको टुंगो लगाइने

काठमाडौं - नेपाली कांग्रेसले पार्टीको अन्तरिम संगठन निर्माणको विषयलाई शीर्ष नेताबीचको सहमतिबाट टुंगो लगाउने समझदारी गरेका छन्। जारी केन्द्रीय समितिको मंगलबारको बैठकमा सदस्य र पदाधिकारीले अन्तरिम संगठन र १४औं महाधिवेशनका विषयमा धारणा राख्ने क्रम सकिए पनि सदस्यहरूबीच मत विभाजन भएपछि नेताबीच फेरि सहमतिको प्रयास सुरु भएको हो।

शीर्ष नेतामा उक्त विषयमा सहमतिको प्रयासलाई जारी राख्दै केन्द्रीय समितिको बुधबार देखिएको बैठकमा अन्य अजेन्डामाथि छलफल थालने समझदारी बनेको केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले जानकारी दिए। ‘अन्य विषयमा छलफल गर्दै जाने र अन्तरिम संगठन र १४औं महाधिवेशनको तयारीका विषयमा पनि नेताले सहमतिको प्रयास गर्नुहुनेछ।’

केन्द्रीय सदस्यहरूले अन्तरिम संगठन निर्माणमा आ–आफ्ना तर्क र धारणा राखे पनि शीर्ष नेताहरूले विधानको ७२(४) अनुसार निर्वाचनबाटै बनाउने, सहमतिबाट अन्तरिम संरचना गठन गर्ने र पार्टीका पुराना संरचनालाई नै कायमै राखेर सदस्यता वितरण गर्ने विकल्पमा नेताहरूले सहमतिको प्रयास गर्ने नेताहरूको भनाइ छ।

कार्यकाल लम्ब्याउने पक्षमा छैन ः देउवा

बैठकमा सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशन पर धकलेर आफू कार्यकाल लम्ब्याउने पक्षमा नरहेको बताएका छन्। पार्टीका कतिपय नेताले देउवाले कार्यकाल लम्ब्याउन लाग्यो भन्ने कुराको खण्डन गर्दै आफूले साढे पाँच वर्षभित्रै महाधिवेशन हुने बताएको तर त्यसअघि नै महाधिवेशन गर्ने कुरामा शंका नगर्न आग्रह गरे। निर्णय प्रक्रियामा अल्झाउँदै गए कार्यकाल लम्बिन सक्ने जनाउँदै देउवाले भने, ‘फटाफट निर्णय गरेर पाँच वर्षभित्र महाधिवेशन गरौं।’
पार्टी केन्द्रीय सदस्यहरूले नै २०७७ फागुन मसान्ताभित्र १४ औं महाधिवेशन गर्ने प्रस्ताव गरेको बताउँदै देउवाले भने, ‘डेढ वर्ष पहिला नै महाधिवेशनको मिति घोषणा कसरी हुन्छ पार्टीले गरेका राम्रा कामको जस लिन सबै तछाडमछाड गरे पनि नराम्रा कामको दोष जति आफूमाथि लाग्ने गरेको सुनाउँदै उनले भने, ‘कार्यसम्पादन समितिमा सबैले भनेर नाम थप्दै गएका दोष जति मलाई आयो। निर्णय त मैले मात्र गरेको थिइन।’

बैठकमा नेता रामचन्द्र पौडेलले समयबद्ध कार्यतालिकासहित १४ औं महाधिवेशनको तयारीमा जुटनुपर्नेमा जोड दिए। समयमा कार्य सम्पादन नगरेर पार्टी नेतृत्वले संगठलाई अस्थिरतातिर धकेल्न खोजेको त होइन भन्ने आशंका व्यक्त गर्दै महासमिति बैठकदेखि नै समयबद्ध काम गर्न आफूले गरेको प्रस्तावलाई कसलै नसुनेको गुनासो गरे। अब पनि क्यालेन्डर बनाएर अघि बढ्न नसके अझै ठूलो संकट पार्टीमा आउनसक्ने जिकिर गर्दै पौडेलले भने, ‘अब अलमल ढिला सुस्ती होइन १४ औं महाधिवेशनको कार्यतालीका बनाएर त्यसैअनुसार अघि बढौं।’

महाधिवेशन सकेर स्थानीय, प्रदेश र संघको निर्वाचनको तयारीमा जुट्न पार्टीलाई समय नहुने धारणा राख्दै पौडेलले विधानअनुसार नै सबै कुरा टुंगो लगाउनुपर्ने तर्क गरे। महासमिति बैठकबाट भर्खर पारित भएको विधानको कार्यान्वयन नै नगरे त्यसबाट पछि हट्न नहुने धारणा राख्दै पौडेलले पार्टीको अन्तरिम संगठन विधानअनुसारै गठन गर्नुपर्ने धारणा राखे। ‘विधान कार्यान्यनमा नआउँदै भत्काउने काम नगरांै,’ पौडेलले भने, ‘विधानभित्रबाट कतिपय ठाउँमा सहमति खोज्न सकिन्छ प्रक्रियामा जाउँ।’

पार्टीलाई थप लोकतान्त्रीकरण गर्दै जनताले भरोसा गर्न सक्ने बनाउनुपर्ने धारणा राख्दै विधि, विधान र पारदर्शी ढंगबाट संगठनलाई अघि बढाउनुपर्ने तर्क गरे। पार्टी स्थापना देखिका मूल्य र मान्यताबाट पछि फर्कन नसकिने जनाउँदै पौडेलले भने, ‘अहिले पार्टीमा विश्वासको संकट छ, त्यसलाई हटाउँ।’ आफूलाई जोखीमा राखेर कांग्रेस र प्रजातन्त्रका लागि लड्दै आएको धारणा राख्दै उनले भने, ‘आफूलाई होइन सबैले मुलुक, लोकतन्त्र र पार्टीलाई केन्द्रमा राख्नुप-यो।’

बैठकमा उपसभापति विजयकुमार गच्छदारले लोकतान्त्रिक फोरम कांग्रेसमा एकीकरण भए पनि अन्य नेता तथा कार्यकर्ताको समायोजन नभएकोमा गुनासो गरे। आफ्नो मात्र व्यवस्थापनले नहुने भन्दै एकीकरण प्रक्रिया तत्काल टुंगो लगाउनुपर्नेमा जोड दिए।

बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले फोरमलगायत विभन्न राजनीतिक दलसँगको एकता प्रक्रिया टुंगो लगाउन १३औं महाधिवेशन अघि थाति राखिएका क्रियाशील सदस्यको टुंगो लगाएपछि मात्र अन्तरिम संगठन निर्माणमा जुट्नुपर्ने धारणा राखे। त्यसका लागि शीर्ष नेताबीच अन्तरिम संगठन निर्माणका विषमया सहमति गर्दै जानेर त्यतिबेलासम्म बैठकमा अन्य विषयमा छलफल अघि बढाउनुपर्ने धारणा राखेका थिए। सहमहामन्त्री प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादवसहितका नेताले धारणा राखे पनि अर्का महामन्त्री शशांक कोइरालाले भने अन्तरिम संगठन र १४औं महाधिवेशनको अजेन्डामाथिको छलफलमा केन्द्रीय समितिमा केही बोलेनन्।

यसैबीच, नेता पौडेलसहित असन्तुष्टले अन्तरिम संगठनसहितका विषयमा मंगलबार बिहान नेता प्रकाशमान सिंहको निवासमा छलफल गरेका थिए। कांग्रेस बैठक बुधबार पनि बस्नेछ।

प्रकाशित: १५ श्रावण २०७६ ०२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App