coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पूर्व लडाकुहरुद्वारा माओवादी मुख्यालय पेरिसडाँडा घेराऊ

काठमाडौं– पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडालाई ‘अयोग्य भनेर हटाइएका’ बर्हिगमित लडाकुहरुले घेराबन्दी सुरु गरेका छन्। राष्ट्रिय अन्तर्राष्र्टिय कानुन अनुसार आफुहरुलाई अझै पनि न्याय नदिइएको भन्दै बर्हिगमित लडाकुहरुले पेरिसडाँडालाई घेराबन्दी गरेका हुन्।

यसरी पेरिसडाँडा घेराबन्दी गरिएको यो दोस्रो पटक हो। पेरिसडाँडाघेराउ कार्यक्रमका लागि देशभरीवाट पूर्व लडाकुहरु काठमाडौं आएका छन्। बर्हिगमित जनमुक्ति सेना, नेपालका अध्यक्ष लेनिन बिष्टका अनुसार आफनो माग पूरा नभएसम्म घेराबन्दी कार्यक्रम जारी रहनेछ। ‘आफनै पार्टीका अध्यक्ष प्रधानमन्त्री भएको अवसरमा यो घेराबन्दी सुरु गरेर न्याय माग्न काठमाडौं आएका हौं,’ बिष्टले भने, ‘जबसम्म राष्ट्रिय /अन्तर्राष्ट्र्रिय कानुन अनुसार न्याय पाउँदैनौं, तबसम्म मुख्यालय घेराउ जारी राख्ने छौं।’ उनका अन्ुसार सोमबारबाट सुरु भएको घेराउ कार्यक्रम अनिश्चितकालसम्म जानेछ।

उमेर नपुगेको, अपांग भएको भन्दै पहिलो चरणमा लडाकु शिविरबाट बिना क्षतिपूर्ति निकालिएका माओवादी लडाकुहरुको उक्त समूहले तीन वर्ष अघि यसैगरी घेराउ गरेको थियो। माओवादी नेताहरुलाईसमेत कार्यालयमा पस्न नदिएपछि माओवादीको केन्द्रीय समिति बैठक दरवारमार्गस्थित रोयल सिंगे होटलमा बस्नु परेको थियो।

उक्त आन्दोलनपछि ‘अयोग्य’ भन्ने पदावली निकालिर ‘बहिगर्मित जनमुक्ती सेना, नेपाल’ भन्दै परिचय पत्र बितरण गरिएको थियो। सोही समूहले आफूलाई राज्यले क्षतिपूर्ति नदिएको तथा बाल सैन्यको रुपमा प्रयोग गरेर अन्तर्राष्ट्रिय कानुनको उलङ्घन गरेको भन्दै आक्रोश पोखेका छन्। बिभिन्न जिल्लावाट बस नै रिर्जभ गरेर न्यायका लागि काठमाडौं आउने बर्हिगमित लडाकुमध्ये करिब १ हजार लडाकु पेरिसडाँडाघेराऊमा सक्रिय छन्।

 

प्रकाशित: २२ कार्तिक २०७३ ११:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App