८ वैशाख २०८१ शनिबार
खेल

बेलद्वारा म्युनिख जान अस्वीकार

मड्रिड, (एजेन्सी)– रियाल मड्रिडका ग्यारेथ बेलले प्रिसिजनअन्तर्गत म्युनिख भ्रमणबाट नाम फिर्ता लिएका छन्।

पछिल्लो केहि सातायता बेल ला लिगा क्लबसँगको सम्झौतामा पूर्णविराम लगाउँदै चिनिया क्लब ज्याङ सु जाने खबर सार्वजनिक भए पनि रियालले आइतबार बेलको अनुबन्धन प्रक्रिया रद्द गरेको थियो। रियालले म्युनिख भ्रमणमा बेलको पूर्वक्लब टोेटेनहम र बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखको सामना गर्नेछ।

प्रशिक्षक जिनेदिन जिदानले बेललाई बेच्ने अन्तिम तयारी भइरहेको र उनी टोलीमा नहँुदा दुवै पक्षका लागि राम्रो हुने प्रतिक्रिया दिएका थिए। बेलका एजेन्टले समेत प्रशिक्षकले खेलाडीको अपमान गरेको र बेल चिनिया क्लब जाने तयारीमा रहेको बताएका थिए। तर, आइतबार स्पेनिस क्लब रियालले चिनिया पक्षसँग जारी बेलको अनुबन्धन प्रक्रिया रद्द गरेको जनाएको छ।

जिदान रियालमा फर्किएपछि बेल पछिल्ला समयमा बेन्चमै सीमित हुँदै आएका छन्। जिदान पुनः रियालमा फर्किएपछि ११ मध्ये तीन खेलमा अवसर पाएका बेलले मैदानमा ९० मिनेट मात्र बिताएका छन्। गत सिजन रियाल बेटिससँग २–० ले पराजित भएपछि बेलप्रति जिदानले भरोसा कम गर्दै आएका थिए।

बेल सन् २०१३ मा कीर्तिमानी रकममा इङ्लिस प्रिमियर लिग क्लब टोटेनह्यामबाट रियालमा अनुबन्धन भएका थिए। बेलको सान्टियागो बर्नाबेउसँगको सम्झौता अझै तीन वर्ष बाँकी छ। रियालबाट बेलले ४ पटक च्याम्पियन्स लिग, समान एक पटक स्पेनिस ला लिगा र कोपा डेल रे तथा समान तीन पटक युएइफए सुपर कप  र क्लब विश्वकप जितेका छन्।

प्रकाशित: १५ श्रावण २०७६ ०२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App