७ वैशाख २०८१ शुक्रबार
खेल

जित कुलसेखराप्रति समर्पित

नुवान कुलसेखरा।

कोलम्बो, (एएफपी)– श्रीलंकाले बुधबार बंगलादेशविरुद्ध हुने तेस्रो तथा अन्तिम एकदिवसीय खेल हालै मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका नुवान कुलसेखरालाई समर्पित गर्ने भएको छ।

श्रीलंका क्रिकेट बोर्डले एक विज्ञप्ती जारी गर्दै कुलसेखराले राष्ट्रिय टोलीका लागि गरेको योगदानको कदर गर्दै उनलाई विशेष सम्मान गरिने र आर प्रेमादासा मैदानमा हुने खेल हेर्न प्रमुख अतिथिका रूपमा निम्त्याइएको समेत जनाएको छ।

‘नुवान कुलसेखरा श्रीलंकाली टोलीका अभिन्न सदस्य हुन् र उनले राष्ट्रिय टोलीमा योगदानसमेत गरेका छन्,’एसएलसीका प्रमुख सामी सिल्भाले भने। सन् २००३ मा इङल्यान्डविरुद्धको एकदिवसीय खेलसँगै श्रीलंकन टोलीबाट डेब्यु गरेका कुलसेखरा सन् २०१४ मा श्रीलंकाले ट्वान्टी–२० विश्वकपको उपाधि जित्दा टोलीको महत्वपूर्ण सदस्य थिए।

साथै श्रीलंकाले २०११ को विश्वकप फाइनलमा प्रवेश गर्दासमेत उनले महत्वपूर्ण भूमिका खेलेका थिए। उनी सन् २००९ मा ६ महिना एकदिवसीय क्रिकेट वरीयताको शीर्ष बलरसमेत थिए। सन् २०१७ को जुलाईमा जिम्बाब्वेविरुद्धको खेल नै उनका लागि अन्तिम खेल बन्यो। उनले श्रीलंकाबाट १ सय ८४ एकदिवसीय खेलका छन्।

यसअघि शुक्रबार बंगलादेशविरुद्धको पहिलो एकदिवसीय खेलसँगै अर्का तीव्र गतिका बलर लासिथ मालिंगाले समेत सन्यासको घोषणा गरेका थिए। पहिलो दुई खेल जित्दै श्रीलंकाले तीन एकदिवसीय खेलको शृंखलामा कब्जा जमाइसकेको छ।

प्रकाशित: १५ श्रावण २०७६ ०२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App