विद्युत् व्यवस्थापनपछि काठमाडौँ उपत्यका विद्युत्भार कटौती मुक्त हुँदै

सोमबार, २२ कार्तिक २०७३, १५ : ५० नागरिक

रमेश लम्साल

काठमाड-नेपाल विद्युत् प्राधिकरणले सधैँ निकाल्ने विद्युत्भार कटौतीको सूचना यस पटक भने फरक भएको छ । सधैँ विद्युत्भार कटौतीको सूचना मात्रै निकाल्ने प्राधिकरणले पछिल्लो एक सातादेखि अनौपचारिक रुपमा काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौती मुक्त घोषणा गरेको छ । पर्याप्त विद्युत उपलब्ध भएर यस्तो घेषणा गरेको नभइ राजधानीमा उपलब्ध भएको विद्युत्लाई व्यवस्थापन मात्रै गरिएको हो ।

उपलब्ध विद्युत्लाई व्यवस्थापन गरेकै कारण विद्युत्भार कटौती मुक्त गर्ने अभियान साकार भएको प्राधिकरणले जनाएको छ । यसअघि उपलब्ध विद्युत्को व्यवस्थापनमा सुधार नगरिएका कारण विद्युत्भार कटौतीको सूचना पटक पटक सार्वजनिक गर्नुपरेको थियो ।

काठमाडौँ उपत्यकामा बढी विद्युत् माग हुने साँझको समयमा करिब ३०० मेगावाट विद्युत् आवश्यक पर्छ । मागअनुसार विद्युत् उपलब्ध गराउन प्राधिकरणले आन्तरिक व्यवस्थापनमा सुधार गरिएको जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मागअनुसार विद्युत् उपलब्ध गराउने सरकारको र प्राधिकरणको योजनालाई साकार पार्न आन्तरिक रुपमा व्यवस्थापन गरिएको बताए।

यही तिहारको लक्ष्मीपूजाको दिन सबैभन्दा बढी विद्युत् माग भएको थियो । एक हजार ४८५ मेगावाट विद्युत् उक्त दिन माग भएको प्राधिकरणको भारप्रेषण केन्द्रले जनाएको छ । उपत्यका र काभ्रेपलाञ्चोकको पाँचखालसम्मको वितरण प्रणाली एकापसमा जोडिएको र वितरणसमेत सहज रहेकाले विद्युत्भार कटौती मुक्त गर्न सहज भएको हो ।

भारतबाट आयात गरिएको विद्युत् काठमाडौँ उपत्यकामा नल्याइए पनि मस्र्याङ्दी करिडोरमा उत्पादित विद्युत् भने सहज रुपमा भित्र्याइएको छ । सो प्रणालीबाट करिब दुई सय मेगावाट विद्युत् आपूर्ति हुने गर्दछ । यस्तै बढी माग हुने साँझको समयमा जगेडा शक्तिका रुपमा रहेको कुलेखानी आयोजना चलाइएको प्राधिकरणले जनाएको छ । साँझको समयको माग तीन सय मेगावाट भएकाले सहज रुपमा विद्युत् उपलब्ध गराउन सकिने प्राधिकरणको भनाइ छ ।

काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकको पाँचखालसम्म उद्योग व्यवसायमा करिब १२ मेगावाट मात्रै विद्युत् खपत हुने गरेको छ । उपत्यकालाई विद्युत्भार कटौतीमुक्त गर्ने योजना सफल बनाउन उपत्यकाको वितरण प्रणालीलाई समेत सुधार गरिएको छ । बिग्रिएका र मर्मत गर्नुपर्ने ट्रान्सफर्मर तथा कन्डक्टरलाई समेत सुधार गरिएको छ ।

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै पुष्पकमल दाहालले एकाध समयभित्रै उपत्यकालाई परीक्षणका रुपमा विद्युत्भार कटौतीमुक्त गर्ने योजना सार्वजनिक गर्न ऊर्जा मन्त्रालय मार्फत प्राधिकरणलाई निर्देश गरेका थिए। आजमात्रै प्रधानमन्त्री दाहालले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई बोलाएर तत्काल विद्युत्भार कटौतीमुक्त कार्ययोजनालाई कार्यान्वयन गर्न निर्देशन दिए।

प्रधानमन्त्रीको निर्देशनपछि कार्यकारी निर्देशक घिसिङले परीक्षणका रुपमा उपत्यकामा विद्युत्भार कटौतीमुक्त गर्ने अभियान सुरु भइसकेको र त्यसलाई केही समयपछि पूर्णता दिइने बताएका थिए।

ऊर्जा मन्त्री जनार्दन शर्मा उपत्यकापछि क्रमशः मुलुकलाई नै विद्युत्भार कटौती मुक्त गर्ने कार्ययोजना अगाडि बढाइएको बताउँछन्। आगामी हिउँदमा भारतबाट थप २५० मेगावाट विद्युत् ल्याउने पहल भइरहेको छ । त्यसका लागि धनुषाको ढल्केबरका सवस्टेसनको काम युद्धस्तरमा अगाडि बढिरहेकाले आगामी पुस मध्यसम्ममा उक्त सवस्टेसनको काम सम्पन्न हुनेछ । दुई वर्षमा सम्पन्न गर्नुपर्ने सवस्टेसनको काम दुई तीन महिनामा सम्पन्न गर्नुपर्दा अलिक गाह्रो भए पनि सफल हुने कार्यकारी निर्देशक घिसिङ बताउँछन्।
काठमाडौँ उपत्यकामा थप विद्युत् ल्याउन खिम्ती ढल्केबर प्रसारण लाइनको कामसमेत अन्तिम चरणमा पुगेको छ भने थानकोट मातातीर्थ–हेटौँडा प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ । यस्तै उपत्यकामा सुधार गर्नुपर्ने वितरण प्रणाली तथा अन्य प्राविधिक विषयलाई समेत सुधार गर्ने प्राधिकरणको योजना छ ।
यस्तै चुहावट नियन्त्रण तथा बक्यौता रकम उठाउने कामलाई समेत निरन्तरता दिने र निर्माणमा रहेका आयोजनालाई तत्काल सम्पन्न गर्नेसमेत प्राधिकरणले तयारी गरेको छ । रासस

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad