coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

प्रेसिडेन्ट कप फुल कन्ट्याक्ट कराते च्याम्पियनसिप

प्रथम नेपाल फुल कन्ट्याक्ट पे्रसिडेन्ट कप कराते ग्रान्ड च्याम्पियनसिपबारे जानकारी दिँदै फुल कन्ट्याक्ट कराते महासंघका पदाधिकारीहरू। तस्बिरः उमेश पुन/नागरिक

पोखरा– पोखरामा सर्वाधिक पुरस्कार राशिको फुल कन्ट्याक्न्ट कराते च्याम्पियनसिप हुने भएको छ।

नेपालमा दर्ता भएका फुल कन्ट्याक्ट कराते संघहरूको छाता संगठन फुल कन्ट्याक्ट कराते महासंघको आयोजनामा भदौ १४ गते पोखरामा १ लाख नगद राशिको कराते च्याम्पियनसिप हुने भएको हो। महिला र पुरुष गरी दुई वटा इभेन्टमा प्रतिस्पर्धा गराइने महासंघले जनाएको छ। त्यसको लागि महासंघमा आबद्ध संघहरू तयारी गर्दै खेलाडी प्रशिक्षणमा जुटेका छन्।

प्रत्येक संघबाट दुई महिला र दुई पुरुषले सहभागिता जनाउन पाउने मंगलबार महासंघले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको थियो। महासंघका उपाध्यक्ष राजकुमार गुरुङका अनुसार फुलकन्ट्याक्न्ट महासंघमा १५ वटा संघ आबद्ध छन्। तीनै संघका विभिन्न डोजो तथा क्लबहरू छन्। तीनै डोजो तथा क्लबका खेलाडीहरूले प्रतिस्पर्धा गर्ने उनको भनाई थियो।

‘विभागीय टोली खेल्न पाउँदैनन्,’ महासंघका उपाध्यक्ष गुरुङले भने,‘तर विभागीय खेलाडीलाई कुनै संघले आफ्नो संघमार्फत् स्वीकृति दिई परिपत्र गरेको अवस्थामा भने खेल्न पाउँछ।’ उनले विभागीय खेलाडी संघमार्फत् आउने पाउने बताएका छन्। वि. सं.२०६१ सालमा महासंघ गठनपश्चात् फुल कन्ट्याक्ट करातेको अझ व्यापक र विस्तार भएको दाबी गरिएको छ।

‘खेलाडीको नामसम्बन्धित संघले सिफारिस गर्नुपर्छ,’ उनले भने,‘संघले खेलाडी छनोट प्रतियोगिता गरेर वा सीधै नाम पठाउन सक्नेछ।’ खेलाडीको भविष्य खेलमार्फत् हुनुपर्छ भन्ने मान्यता महासंघले राखेको छ। खेललाई व्यावसायिक बनाउँदै खेलप्रति सर्वसाधारणको आकर्षण बढाउन महासंघले ठूलो पुरस्कार राशिको ‘प्रथम नेपाल फुल कन्ट्याक्ट प्रेसिडेन्ट कप कराते च्याम्पियनसिप’ आयोजना गरिएको महासंघका अध्यक्ष दमन बस्नेतले पत्रकार सम्मेलनमा बताए।

पुरुष तथा महिलातर्फ खुला तौल समूहमा मात्रै प्रतिस्पर्धा गराइनेछ। एउटा मात्रै इभेन्टमा प्रतिस्पर्धाले अझ प्रभावकारी हुने विश्वास महासंघले लिएको छ। ग्रान्ड च्याम्पियन खेलाडीले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। दोस्रोले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

प्रतियोगितालाई युनाइटेड नेप्लिज क्योकुसिन एडभान्समेन्टले सह–प्रायोजन गरेको छ। फुल कन्ट्याक्ट कराते सन् १९६४ ताका जापानमा स्थापित सबैभन्दा बलियो खाली हात युद्ध गर्ने कला कराते फुल कन्ट्याक्न्ट शैलीबाट सुरु भई विश्वभर फैलिएको इतिहास छ।

प्रकाशित: १५ श्रावण २०७६ ०१:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App