८ वैशाख २०८१ शनिबार
समाज

खोलामा डुबेर बालकको मृत्यु

उदयपुर– उदयपुरमा मंगलबार एक बालकको खोलामा डुबेर मृत्यु भएको छ। कटारी नगरपालिका ८ थलिया स्थित ललरी खोलामा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीय हर्कबहादुर पुलामी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

कटारी ८ का वडाध्यक्ष कमल श्रेष्ठले गाउँका ४ जना बालकहरु पौडी खेल्न गएका बेलाहर्कको पौडिन नसकेर डुब्न पुग्दा मृत्यु भएको बताए। अन्य साथीहरु भने सकुशल रहेको वडाध्यक्षश्रेष्ठले बताए। श्रेष्ठका अनुसार मृतकका बाबु ३ वर्षअघि दोस्रो विवाह गरेर काठमाडौं बस्दै आएका छन्। 

आमा काममा गएका बेला एक्लै रहेका उनी साथीहरुसँग पौडी खेल्न गएको बेला घट्ना भएको बताइएको छ। मृतकको शव पोष्टमार्टमका लागि कटारी अस्पाल पठाइएकोे इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। 

प्रकाशित: १४ श्रावण २०७६ १३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App