८ वैशाख २०८१ शनिबार
समाज

करेन्ट लगाएर माछा मार्ने दुई पक्राउ

चितवन- पूर्वी चितवनको खगेरी खोलामा करेन्ट लगाएर माछा मार्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१० का १८ वर्षीय विक्रम तामाङ र २६ वर्षीय सहिल विक रहेका छन्। 

उनीहरुलाई रत्ननगर–११ खगेरी खोलामा बिजुलीको नाङ्गो तारमा हुकिङ गरेर माछा मारिरहेको अवस्थामा पक्राउ गरिएको हो। उनीहरुको साथबाट हुकिङ गरेको तारसमेत बरामद गरिएको छ। दुवै जनालाई इलाका प्रहरी कार्यालय टाँडीमा राखिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जानाएको छ। रासस

प्रकाशित: १४ श्रावण २०७६ १३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App