coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा भूकम्पका कारण विद्यालयहरु बन्द

कुसिङ्ग (ओक्लाहोमा)-अमेरिकाको ओक्लाहोमा राज्यमा आइतबार साँझ भूकम्पको गएको छ । भूकम्पको कारण सोमबार सो प्रान्तको सार्वजनिक बिद्यालयहरु बन्द गरिएको छ । सो भूकम्पको कारण भएका क्षतिहरुको विवरण सङ्कलनको लागि विद्यालय बन्द गरिएको बताइएको छ ।

स्थानीय समयाअनुसार आइतबार साँझ ७: ४४ बजे गएको यस भूकम्पबाट ठाउँ ठाउँमा क्षति भएको कुसिङ्ग प्रहरी विभागले जानकारी दिएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार होक्लाहोमा राज्यमा गत हप्ता १९ वटा स–साना भूकम्प गएको रिकर्ड गरिएको थियो । आइतबार साँझ गएको भूकम्पको कम्पन क्यान्सास सिटी, मिस्साउरी र अक्र्यान्सास राज्यको लिट्टिलक रक नगरमा महसूस गरिएको पनि युएसजिएसले जानकारी दिएको छ । रासस /एपी

 

प्रकाशित: २२ कार्तिक २०७३ ०८:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App