coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाजुराबाट ६४ जना हराए

बाजुरा– एक वर्षको अवधीमा बाजुराबाट ६४ जना हराएको तथ्याकं प्रहरीले सार्वजनिक गरेको छ। महिला र बालबालिका गरि गएको वर्ष साउनदेखि यो वर्षको असारसम्म ६४ जना हराएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

हराउनेमा २६ जना बालक, २० जना बालिका र १९ जना महिला रहेका छन्। जिल्ला प्रहरी कार्यालयमा दिएका खोजी निवेदनका आधारमा ६४ जनाको तथ्याकं देखिएको प्रहरी नायव उपरीक्षक डिएसपी उद्धवसिंह भाटले बताएका छन्।

आफन्त र नजिककाहरुले दिएका निवेदनका आधारमा ६४ जना भनिएपनि विदेश जाने बहानामा अरुहरुपनि हराएको हुनसक्ने अनुमान प्रहरीको छ। हराएका मध्ये ३७ जना भने फेला परेको निरीक्षक जनक ढुंगानाले जानकारी दिएका छन्।

खोजी तथा अनुसन्धानबाट १९ जना बालक, १३ बालिका र ५ जना महिला फेला परेको प्रहरी निरीक्षक ढुंगानाले बताए। साथीको लहलहैमा लागेर र कोही आफन्तबाटै कामदारका रुपमा लिने गर्दा हराउनेमा बालकको संख्या बढी देखिएको छ।

यसै वर्ष मात्र प्रहरीले ७ जना बेबारिसे अवस्थामा रहेका बालबालिकालाई आफन्तको जिम्मा लगाएको छ। बेबारिसे अवस्थामा भेटिएका ७ जना मध्ये ४ जना बालक र ३ जना बालिका रहेका छन्।

ती आफन्तले रिसाएर, आर्थिक विपन्नता र मानसिक सन्तुलन गुमाएको अवस्थामा बेबारिसे अवस्थामा हिडिरहेको बेला प्रहरीले भेट्टाएर सम्बन्धित परिवार वा आफन्तलाई जिम्मा लगाएको छ।

पहाडी जिल्लामा हराउने घटना कमै हुने गरेका थिए। यो वर्ष अत्याधिक घटेको प्रहरीले बताएको छ। गएको वर्ष मात्र केही व्यक्तिहरुको निवेदन आएको भएपनि यो वर्ष मात्र ६४ जनाको सूची रहेको छ।

सडक सञ्जालको पहुँचसँगै बढ्दो आवतजावत र अरुको नक्कल पहिलो समस्या हुन सक्ने खप्तड छेडेदह गाउँपालिका–३ का अध्यक्ष एवं वाल मनोविमर्शकर्ता दिपक रावतको भनाई छ।

यस्तै प्रहरीले गएको आर्थिक वर्ष मात्र १६ हजार ९ सय एक लिटर अबैध मदिरा बरामद गरी सरोकारावालाहरुको उपस्थितिमा नष्ट गरेको छ। यो मात्रा हालसम्मकै बढी हो। १ सय २० रोपनीमा लगाएको गाँजाका बोटसमेत फँडानी गरिएको छ।

महिला तथा बालकालिका सेवा केन्द्रमा ५० ओटा निवेदन आएकोमा ४८ वटा निवेदनको मिलापत्र गरेर दुई बाजुरा जिल्ला अदालत पठाएको छ। २० वेटा लैंगीक हिसाका निवेदनमा सबै मिलापत्र गरेको छ। दश वटा बालबिबाहका उजुरीहरुमा दस जना जोडीलाई सम्झाएर अभिभावको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक डिएपी उद्धव सिंह भाटले बताए।

प्रहरीकै अगुवाईमा नौ वटा स्थानीय तहहरुमा ३ सय ८९ ओटा छाउपडी गोठ पहिचान गरेर उनीहरुलाई सम्झाई बुझाई १ सय ६८ ओटा छाउपडी गोठ स्वयम स्थानीयको पहलमा भत्काएको र बाँकी भत्काउने प्रक्रियामा रहेका छन्। प्रहरीको सक्रियताबाट जिल्ला बासी सन्तुष्ट बनेका छन्।

प्रकाशित: १४ श्रावण २०७६ ११:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App