८ वैशाख २०८१ शनिबार
समाज

जङ्गली च्याउ खाँदा एक महिलाको मृत्यु

फिदिम- जङ्गली च्याउ खाएर पाँचथरमा एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार गत साउन ७ गते जङ्गली च्याउ खाएकी पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपकी ४८ वर्षीया सुनिता चेम्जोङको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। 

जङ्गली च्याउ खाएर बिरामी पर्नु भएकी उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो। सुनितासँगै जङ्गली च्याउ खाएर बिरामी परेकी उनकी सासू ७० वर्षीया सञ्चमाया चेम्जोङको झापाको विर्तामोडस्थित मनमोहन हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यहाँ वर्षायाममा उम्रिएको जङ्गली च्याउलाई तरकारीका रुपमा खाने प्रचलन छ। रासस

प्रकाशित: १४ श्रावण २०७६ १०:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App