एनआरएनएको अध्यक्षमा आचार्यको उम्मेद्धारी घोषणा

मङ्गलबार, १४ साउन २०७६, १५ : २७ नागरिक

काठमाडौं- गैह्रआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुल आचार्यले उम्मेद्धारी घोषणा गरेका छन्। एनआएनएको वर्तमान केन्द्रीय उपाध्यक्ष समेत रहेका आचार्यले आगामी अक्टोवरमा काठमाडौंमा हुने गैह्रआवासीय नेपाली संघको नवौं विश्व सम्मेलनमा अध्यक्षमा उम्मेद्धारी दिने घोषणा गरेका हुन्।

आफुले नेतृत्व दोहोर्‍याउने बताउँदै आएका वर्तमान अध्यक्ष भवन भट्टले अवको कार्यकालका लागि उम्मेद्धारी नदिने घोषणा गरेलगत्तै आचार्यले आगामी नेतृत्वका लागि आफ्नो उम्मेद्धारी घोषणा गरेका हुन्। विगत डेढ दशकदेखि एनआएएनएको विभिन्न पदहरुमा रहेका काम गर्दै आएका आचार्यले सवैपक्षहरुसंगको सल्लाहमा आफु गैह्रआवासीय नेपालीहरुको नेतृत्वका लागि उम्मेद्धारी घोषणा गरेको बताए। ‘डेढ दशकदेखि यस संस्थासंग आवद्ध रहेर म विभिन्न पदहरुमा रहेर काम गर्दै आइरहेको छु,’ उनले भने ‘अग्रजहरुको सल्लाह र साथिहरुको आग्रहमा मैले अव अध्यक्षमा उम्मेद्धारी दिने निर्णयमा पुगेको छु।’

लण्डनका व्यावासायी समेत रहेका उनले आफु हाल एनआरएनएको उपाध्यक्ष रहेकाले अध्यक्षको उम्मेद्धारी स्वभाविक भएको समेत बताए। आफुले एनआरएनएको नेतृत्व लिए सवै पक्षलाई समेटेर गैह्रआवासीय नेपालीहरुको हक हित र नेपालको विकासका लागि अघि बढने समेत आचार्यले बताए। उनले संस्थापक अध्यक्ष, पूर्व अध्यक्षसंग नजिक बसेर काम गरेको र आफुले नेतृत्व गरेका शंखमुल पार्क निर्माण, संयुक्त लगानी खडा गर्ने काम लगाएका परियोजना सफल भएको बताउँदै आफुले नेतृत्व लिएमा सवै पक्षको सहयोग रहने विश्वास समेत व्यक्त गरे।

एनआएनए गैह्रराजनीतिक संस्था बनेमा मात्रै यस संस्थाको गरिमा बढने बताउँदै आचार्यले एनआरएनए जस्तो संस्थामा बन्द कोठामा दुई तीन जना बसेर निर्णय गर्नुभन्दा प्रजातान्त्रिक विधिले खुलाप्रतिस्पर्धामा नेतृत्व चयन गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताए। एनआरएन युकेको कार्यसमिति सदस्य, उपाध्यक्ष, अध्यक्ष, अन्र्तराष्ट्रिय समन्वय परिषदको सदस्य, युरोप संयोजकको रुपमा काम गरिसकेका आचार्य आठौं महाधिवेशनबाट हाल संघको केन्द्रीय उपाध्यक्ष छन्। अध्यक्षमा उम्मेद्धारी घोषणा गरेसँगै अव आचार्यको अर्का उपाध्यक्ष कुमार पन्तसंग प्रतिस्पर्धा हुने देखिएको छ।







यसमा तपाईको मत

अन्य समाचार

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

Ncell Footer Ad