coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

जापानमा नेपाली खेलाडी विजयी

टोकियो - जापानको नागोया शहरमा भएको किक बक्सिंग प्रतियोगितामा नेपाली खेलाडी विजयी भएका छन्। आईतवार नागोयामा सम्पन्न ‘हिट ४५’ नामक प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा नेपाली युवा खेलाडी अविरल घिमिरे ‘हिमालयन चितुवा’ले बोलिभियाका च्याम्पियनलाई हराएर विजयी बनेका हुन्।

नेपालको प्रतिनिधित्व गर्दै नेपाली चन्द्रसूर्य अंकित झण्डाका साथ नागोया कांग्रेस केन्द्रको हलमा आईतवार दिउँसो साँढे २ बजे रिंगमा उत्रिएका अविरलले बोलिभियन च्याम्पियन फ्रान्को गुथीलाई दोस्रो राउन्डमै पराजित गरे।

विजयी भएसँगै घिमिरेले जापानी येन नगद एक लाखसहित ट्रफी र मेडलसमेत प्राप्त गरेका छन्।

हालसम्म घिमिरेले खेलेका खेलमध्ये १२ वटामा ३ एमेच्योर, २ वटा सेमी प्रोफेसनल र ७ वटा प्रोफेसनल खेलमा ११ वटा जित हासिल गरिसकेका छन्। जसमध्ये ७ वटा प्रोफेसनल खेलमा ५ वटामा नकआउट गरि जितेका थिए। 

उनको आगामी भिडन्त रिभेन्ज फाईट ब्राजिलियन खेलाडी संग हुनेछ। आफ्नै लगानी र बलबुताले प्रवास रहेर पनि नेपालको शीर उच्च राख्दै आएका अविरलले किक बक्सिंगको माध्यमबाट नेपाल नाम राख्न पाउँदा गर्वले छाती चौडा हुने गरेको बताए।

 

प्रकाशित: १४ श्रावण २०७६ ०८:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App