७ वैशाख २०८१ शुक्रबार
समाज

हलेसीमा साढे ८७ लाख भेटी संकलन

खोटाङ– खोटाङको हलेसी महादेवस्थान मन्दिरमा एक वर्षमा साढे ८७ लाख बढी भेटी संकलन भएको छ। हिन्दू, किँरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको त्रि–धार्मिकस्थल हलेसीमा २०७५ असार १ गतेदेखि गत असार ३१ गतेसम्ममा ८७ लाख ६६ हजार दुई सय ७४ रुपैयाँ भेटी संकलन भएको हो।

दर्शनका क्रममा स्वदेश तथा विदेशबाट हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानमा आएका दर्शनार्थीले महादेव मन्दिर, पार्वती मन्दिर, गणेश मन्दिर, बसाहा गुफा लगायतका देवस्थलमा चढाएका भेटी र महादेवस्थान प्रवेशकाक्रममा लिइने शुल्कबाट सो रकम जम्मा भएको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले बताए।

वर्ष दिनको अवधिमा हलेसीमा दर्शनार्थीले चाँदी ९२ तोला ८९ लाल र सुन ११.५७ ग्राम चढाएको जनाइएको छ। यस्तै भारतीय रुपैयाँ २७ हजार आठ सय ८०, अमेरिकन डलर ४५ रुपैयाँ र सिंगापुर डलर १० डलरसमेत जम्मा भएको हलेसी महादेवस्थान विकास समितिले जनाएको छ।

संकलन भएका भेटीमध्ये ४२ लाख ६८ हजार दुई ६७ रुपैयाँ खर्च भएको र बाँकी ४४ लाख ९८ हजार सात सय रुपैयाँ रकम हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको छ।

संकलन भएकामध्ये बसाहाथानस्थित पोखरी मर्मत, हलेसी महादेवको मन्दिरको वेबसाइट डिजाइन, सूचना डिस्प्ले बोर्ड, मन्दिर व्यवस्थापन समितिको भवनमा भ¥याङ तथा रेलिङ निर्माण, मन्दिरको लागि खानेपानी ट्यांकी तथा पाइप खरिद, गुठी संस्थानद्वारा निर्मित डकुमेन्ट्री सहयोग, शिव, पार्वती र गणेश मन्दिर रङ्गरोगन, कर्मचारी तलब, अतिथि सत्कारलगायतका शीर्षकमा साढे ४२ लाख बढी रकम खर्च गरिएको समितिले जनाएको छ।

प्रकाशित: १४ श्रावण २०७६ ०७:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App