८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

पाकिस्तानी सेनाको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु

काठमाडौं - पाकिस्तानी सेनाको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। रावलपिन्डी नजिकैको मोरा कालु क्षेत्रमा उक्त विमान दुर्घटना भएको पाकिस्तानी पत्रिका दी न्युजले जनाएको छ। मृत्यु हुनेमा पाँच जना पाकिस्तानी सेना छन् भने १३ जना सर्वसाधारण रहेको समाचारमा जनाइएको छ।

दुर्घटनामा मृत्यु हुने दुई पाइलटहरु कर्नले सकिव र कर्नेल वासिम रहेका छन्। त्यस्तै नायव सुवेदार अफजल र हवलदारहरु इब्ने अमिन र रेहमत रहेका छन्। घटनास्थलमा पाकिस्तानी सेनाको उद्धार टोली पुगेको छ। विमान खस्दा एक घर पूर्ण रुपमा क्षति भएको छ।

प्रकाशित: १४ श्रावण २०७६ ०५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App