coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सडकमा बस्दै आएका टेकमानको २५ वर्षपछि उद्धार

उद्धार गरिएका टेकमान। तस्बिरः नागरिक

रोल्पा–मानसिक सन्तुलन गुमेपछि २५ वर्षअघि रोल्पा सदरमुकाम लिवाङ आएका रोल्पा नगरपालिका–९, होमा फाल्जाका टेकमान बुढा मगरको उद्धार गरिएको छ। गर्मी, जाडो, वर्षात् सबै झेलेका उनको बारेमा समाचार प्रकाशित भएपछि मानव सेवा आश्रम बुटवलले उद्धार गरेको हो।

मानव सेवा आश्रम र रोल्पा नगरपालिकासँगको समन्वयपछि टेकमानलाई थप उपचार र पुनस्र्थापनाका लागि बुटवल लगिएको नगर प्रमुख पूर्ण केसीले बताए। ‘हामीले बुटवलस्थित मानव सेवा आश्रमसम्म पु-याएका छौँ, अबको उपचार मानव सेवा आश्रमले गर्नेछ,’ उनले भने।

२०५१ सालमा घरबाट सदरमुकाम लिवाङ बजार आएपछि टेकमानको रहने र बस्ने कुनै ठेगाना थिएन । सडकमै बस्ने, सडकमै खाने र सडकमै सुत्ने गरेका टेकमान पछिल्लो समय अलि अस्वस्थ रहँदै आएका थिए। प्रायः सधैँ शान्त रहने टेकमान कहिलेकसो आक्रामक बन्ने गर्दथे।

यसअघि पनि नागरिक दैनिकमा ‘नारकीय जीवन बिताउँदै पूर्वलडाकु’ शीर्षकको समाचार प्रकाशित भएपछि मानव सेवा आश्रमले निर्मला विक ‘साधना’को पनि उद्धार गरेको थियो। निर्मलाको अहिले पनि उपचार भइरहेको छ।

प्रकाशित: १४ श्रावण २०७६ ०५:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App