८ वैशाख २०८१ शनिबार
समाज

कलंकीमा पूर्वउपसचिवको छोरीलाई लक्षित गरी गोली प्रहार

काठमाडौ - काठमाडौको कलंकी मन्दिर नजिकै विष्णु प्रसाद शर्माको घरमा गोली प्रहार भएको छ। गए राति अज्ञात समूहले काठमाडौंको कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा रहेको पूर्वउपसचिव शर्माको घरमा गोली प्रहार भएको गरेका हुन् । 

शर्माको तीनतले घरमा बाहिरबाट गोली प्रहार भएको र उक्त स्थानबाट गोलीको खोका समेत बरामद गरिएको प्रहरीले जनाएको छ। तीनतले घरको दोस्रो तलामा १९ वर्षीया छोरी अध्ययन गरिरहेकी थिइन् । बाहिरबाट हानेको गोली कोठाको जालीबाट भित्र छिरेको भए पनि उनीमाथि भने नलागेको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको  छ। महाशखाका प्रवक्ता केदार ढकालले वरिपरिका घर खानतलासी गर्दा दुई थान हतियार फेला परेको समेत बताए ।

प्रकाशित: १४ श्रावण २०७६ ०५:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App