coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जलेका शिशुको उपचारार्थ चन्दा संकलन

जलेका शिशुकी आमा निर्मला राईलाई दरुण दलको पहलमा संकलित रकम हस्तान्तरण गरिँदै। तस्बिर: दमन राई/नागरिक

खोटाङ – अगेनामा परी शुक्रबार सख्त घाइते पाँच महिने शिशुको उपचाका लागि किरात राई यायोक्खा खोटाङले चन्दा संकलन सुरु गरेको छ। दुई हात र निधारमा आगोले पोलेर घाईते भएका केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका शिशु प्रवीण राईको उपचारका लागि आर्थिक सहयोग संकलन थालिएको हो। हालसम्म ५० हजार रुपैयाँको हाराहारीमा सहयोग रकम संकलन भइसकेको यायोक्खाका उपाध्यक्ष सञ्जयकुमार राईले बताए।

तरुण दलको सहयोगमा आइतबार साँझ काठमाडौं पठाइएका घाइते शिशुको कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ। जिल्ला अस्पताल खोटाङले अन्यत्र रेफर गरेपछि आर्थिक अभावले घर फिर्न लागेका घाइते शिशुलाई तरुण दलले १ लाख १३ हजार ३ सय ६५ रुपैयाँ रकम संकलन गरी उपचारमा पठाएको हो।

तरुण दलकै आग्रहमा यातायात व्यवसायीले घाइते बच्चा र आमालाई निःशुल्क काठमाडौं जाने व्यवस्था मिलाएको थियो। आफन्त तथा घर परिवारसँगको सम्पर्कका लागि शिशुकी आमा निर्मला राईलाई मोबाइल सेट र सिमसमेत प्रदान गरिएको तरुण दलले जनाएको छ। सुत्केरी गराउन अस्पताल पुगेका याम्खाका विक्रम राईले खर्च अभावमा शिशु अस्पतालमै अलपत्र परेको जानकारी गराएपछि तरुण दलले खर्च उठाएर उद्धार गरेको हो।

प्रकाशित: १४ श्रावण २०७६ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App