७ वैशाख २०८१ शुक्रबार
खेल

बक्सर वाङ्दीको बिदाइ

काठमाडौं – नेपालका छिरिङ वाङ्दी शेर्पाले कुवेतमा हुने एएसबिसी स्कुल ब्वाइज बक्सिङ च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएको छ।

आगामी अगस्ट १ देखि ९ तारिखसम्म सञ्चालन हुन लागेको च्याम्पियनसिपमा छिरिङ वाङ्दीले चुनौती प्रस्तुत गर्न लागेका हुन्। कुवेत बक्सिङ संघको आयोजना हुने च्याम्पियनसिपमा छिरिङले पुरुष ४९ केजी तौलसमूहमा नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन्। छिरिङका प्रशिक्षमा आठौं सागका स्वर्ण विजेता रामचन्द्र थापामगर छन्। उक्त च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाली बक्सिङ टोलीलाई मंगलबार एक कार्यक्रमबीच बिदाइ गरिएको थियो।

राष्ट्रिय खेलकुद पषिद्का सदस्यसचिव रमेशकुमार सिलवाल र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले सोमबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए। उक्त कार्यक्रममा फिटवेल नेपालले टोलीलाई ट्य्राकसुट प्रदान गर्दा बक्समान्डुले खेलाडीलाई खेलका क्रममा लगाउने पोसाक प्रायोजना गरेको थियो। नेपाली टोली मंगलबार कुवेततर्फ प्रस्थान गर्दै छ।

प्रकाशित: १४ श्रावण २०७६ ०२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App