८ वैशाख २०८१ शनिबार
खेल

हिमालयन र रिलायन्स क्वार्टरफाइनलमा

सिनियर ब्वाइजमा एचएचसिएविरुद्ध गोल्डेनपिकका खेलाडी।

काठमाडौं – हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसिए) र रिलायन्स पब्लिक सोमबार आठौं गोल्डेनपिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

कपनस्थित आयोजक गोल्डेनपिकको कोर्टमा भएको पहिलो खेलमा एचएचसिएले आयोजक गोल्डेनपिक ‘बी’ लाई ४५–४० को स्कोरमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो। रिलायन्सले बेबिलोनलाई २३–२० को स्कोरमा हराउँदै अन्तिम आठमा स्थान बनाएको छ। एचएचसिएको जितमा अंशु राईले १९ स्कोर गर्दा रिलायन्सका लागि अनिल रावलले १४ स्कोर गरेका थिए।

गोल्डेनपिक हाइस्कुलकोे कोर्टमा भएको सिनियर गल्र्सको खेलमा हिमशिलाले बालविकासलाई ११–७ को स्कोरमा हराउँदा विमला लिम्बुले ७ स्कोर गरिन्। जुनियर ब्वाइजमा एन्जल्स हर्टले इडनब्रिजलाई २३–२० को स्कोरमा हराउँदा शेखर मगरले ११ स्कोर गरेका थिए। प्रतियोगितामा जुनियर ब्वाइजतर्फ १२ टोली, सिनियर गल्र्समा ६ टोली र सिनियर ब्वाइजतर्पm १२ टोलीले  साउन १७ गतेसम्म प्रतिस्पर्धा गर्नेछन्।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको गल्र्स टोलीलाई दुई समूहमा विभाजन गरिएको छ भने ब्वाइजलाई चार समूह छन्। जुनियर ब्वाइजमा ४ फिट १० इन्चसम्मको उचाइ निर्धारण गरिएको छ।

प्रकाशित: १४ श्रावण २०७६ ०१:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App