coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उदाउँदो सूर्यलाई अर्घ दिँदै सकियो छठ

सोमबार बिहान जनकपुरको गंगासागरमा उदाउँसो सूर्यलाई अर्घ दिँदै व्रतालु । तस्बिर: सुरेश यादव

जनकपुर– आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन गरेका छन् ।  मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।

व्रतालुले यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, विहारकुण्ड, रत्नसागर, रुक्मिणी सर, अरगजा, महाराजसागर, विषहर, मुरलीसर र अग्निकुण्डलगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाइ अक्षता, फूल लिई आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ अर्पण गरेका थिए ।

छठ पर्व सम्पन्न भएपछि जनकपुरको गंगासागर घाटबाट पूजा सामग्रीसहित घर फर्किदै श्रद्धालु ।तस्बिर: सुरेश यादव

अर्घमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ ।  सूर्यलाई दिइने अर्घमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।

छठपर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठपर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो ।  अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो ।

धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ ।

आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता हो, जो आडम्वरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ ।  सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ ।

छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यत्तिकै छन् । वैज्ञानिक र ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।  ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी व्रतालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ ।  छठका अवसरमा बेहुली झैँ सिङ्गारिएका पोखरी र तलाउमा नवबस्त्रमा सजिएका श्रद्धालुको भीड पनि उल्लेखनीय रहेको थियो । रासस

सबै  तस्बिर: सुरेश यादव

 

सोमबार बिहान जनकपुरको गंगासागरमा उदाउँसो सूर्यलाई अर्घ दिँदै व्रतालु । तस्बिर: सुरेश यादव
सोमबार बिहान जनकपुरको गंगासागरमा उदाउँसो सूर्यलाई अर्घ दिँदै व्रतालु । तस्बिर: सुरेश यादव
सोमबार बिहान जनकपुरको गंगासागरमा उदाउँसो सूर्यलाई अर्घ दिँदै व्रतालु । तस्बिर: सुरेश यादव
सोमबार बिहान जनकपुरको गंगासागरमा उदाउँसो सूर्यलाई अर्घ दिँदै व्रतालु । तस्बिर: सुरेश यादव
सोमबार बिहान जनकपुरको गंगासागरमा उदाउँसो सूर्यलाई अर्घ दिँदै व्रतालु । तस्बिर: सुरेश यादव
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App