६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

बोको हरामको आक्रमणमा ५५ जनाको मृत्यु

अबुजा – नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतंककारी संगठन बोको हरामले गरेको आक्रमणमा कम्तीमा ५५ जना गाउँलेको मृत्यु भएको छ। बोर्नोका गभर्नर बाबागाना उमारा जुलुमले बोर्नो राज्यको नागान्जाई क्षेत्रका बाडु मलाम क्यारिरी, जावा र लामिसुला बुकार बुलाला गाउँमा बोको हरामले शनिबार बिहानैदेखि आतंकको अवस्था सिर्जना गरेको जानकारी दिएका छन्।

पीडितसँग भेटघाटपछि सञ्चारकर्मीसँग कुरा गर्दै गभर्नर बाबागानाले मानवीय संवेदना शून्य भएका आतंककारीले निर्दोष गाउँलेमाथि आक्रमण गरेको बताएका छन्। सरकार समर्थित स्थानीय सुरक्षा गार्डमा आबद्ध अब्बागाना अलिले आक्रमणमा मारिएका व्यक्तिको दाहसंस्कार भइरहेका समयमासमेत बोको हरामले आक्रमण गरेकोजानकारी उनले दिएका छन्।

बाडु मलाम क्यारिरी गाउँमा मात्र २६ जनाको हत्या भएको अलिले चिनियाँ समाचार एजेन्सी सिन्ह्वालाई बताए। उनले विमानभेदी बन्दुक समेतबाट सुसज्जित पाँच वटा ट्रकमा आएका बोको हरामले गाउँमा आक्रमण गरेको जानकारी दिएका छन्। ‘उनीहरुले कसैलाई छाडेनन्। उनीहरुले यहाँ महिला र बालबालिकाको पनि हत्या गरे। हामी सबैजसोले भागेर ज्यान जोगाउन सफल भयौ,’ उनले बताए। बोको हरामले नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा एक दशकदेखि आक्रमण जारी राखेको छ।

प्रकाशित: १४ श्रावण २०७६ ०१:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App