coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगान राष्ट्रपतिका उम्मेदवारहरु त्रसित

काबुल – अफगानिस्तानमा राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दिएका नेताहरुले असुरक्षित महसुस गरेका छन्। राष्ट्रपति असरफ घानीका सहयोगी तथा उपराष्ट्रपति पदका उम्मेदवारको कार्यालयमा जनधनको क्षति हुनेगरी विस्फोटन भएपछि उम्मेदवारहरुले असुरक्षित महसुस गरेका हुन्।

उपराष्ट्रपतिका उम्मेदवार अमरुल्लाह सालेहको कार्यालयमा आइतबार भएको आतंककारी हमलामा परी २० जनाको मृत्यु हुनुका साथै कैयांै घाइते भएपछि उनीहरुले सुरक्षाको खतरा महसुस गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

आइतबार भएको आक्रमणमा मृत्यु भएका मध्ये अधिकांश सर्वसाधारण रहेका छन् भने अरु ५० भन्दा बढी घाइते भएको अधिकारीहरुले जनाएका छन्। आक्रमणकारीले अफगान ग्रीन ट्रेन्ड पार्टीका नेता सालेहको कार्यालयमा आइतबार करिब ४ बजेर ४० मिनेटमा विस्फोट गराएको प्रहरीले जनाएको छ। सालेहले राजनीतिमा प्रवेश गर्नु पहिले अफगानिस्तानको गुप्तचर संस्थाको प्रमुखका रूपमा सेवा गरेका बताइएको छ।

युद्धग्रस्त देश अफगानिस्तानमा राष्ट्रपतीय निर्वाचनका लागि घानीसहित कुल १८ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्। आइतबारदेखि सुरु भएको प्रचारप्रसार अभियान झण्डै दुई महिना चलेर सेप्टेम्बर २५ तारिखका दिन अन्त्य गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ। आयोगले मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडिसम्म मात्रै प्रचारप्रसार गर्न पाइने समयावधि तोकेको छ। अफगानिस्तानमा राष्ट्रपति चयनका लागि आउँदो सेप्टेम्बर २८ तारिखका दिन मतदान हुने तय भइसकेको छ।

प्रकाशित: १४ श्रावण २०७६ ०१:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App