७ वैशाख २०८१ शुक्रबार
समाज

करेन्ट लागेर एक जनाकाे मृत्यु

काठमाडाैं– झापामा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका–२ सेल्फी डाँडाका १९ वर्षीय सोम किस्कु रहेको प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए।

स्थानीयवासी टेकनारायण सङ्ग्रौलाको प्लटिङ गरेको जग्गामा काम गर्न गएका किस्कुको मोटर लगाएर पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। करेन्ट लागेर गम्भीर घाइते भएका किस्कुलाई उपचारका लागि विर्तामोडस्थित बिर्तासिटी अस्पताल ल्याइएको थियो। उनको अस्पताल ल्याएलगत्तै मृत्यु भएको हो। रासस

प्रकाशित: १३ श्रावण २०७६ १२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App