जुवा खेल्ने १० जना पक्राउ

सोमबार, १३ साउन २०७६, १३ : २४ नागरिक

कावासाेती- जुवा खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। नवलपरासी पूर्व नवलपुरको गैँडाकोट नगरपालिका–५ बाट प्रहरीले जुवा खेल्दै गरेका दश जनालाई पक्राउ गरेको हो।

गैँडाकोट–५, वैकुण्ठ टोलस्थित चुडामणि पौडेलको घरमा जुवा खेलिरहेका दश जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए। प्रहरीले गैँडाकोट घर भएका ३५ वर्षीय लक्ष्मीकान्त पौडेल, ५० वर्षीय चुडामणि पौडेल, ३८ वर्षीय लोकनाथ शर्मा, २६ वर्षीय शालिकराम पौडेल, ४३ वर्षीय देवेन्द्र चालिसे, ३० वर्षीय हरिप्रसाद तिवारी, ४२ वर्षीय शिवहरि ढकाल, बाग्लुङ घर भएका ४३ वर्षीय केशव सुवेदी, ४९ वर्षीय डोलराज शर्मा र ५८ वर्षीय गोकर्ण आचार्यलाई पक्राउ गरेको हो । प्रहरी जुवाको खालबाट रु ८० हजार ९३५ समेत बरामद गरेको छ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय गैँडाकोटमा राखिएको छ। उनीहरुविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को १२५ अनुसार जुवासम्बन्धी मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरी उपरीक्षक पोखरेलले बताए। पहिलो पटक जुवा खेल्नेलाई तीन महिना कैद वा रु तीस हजार जरिवाना र दोस्रो पटक खेल्नेलाई एक वर्ष कैद वा रु पचास हजार जरिवाना हुन सक्ने उनले बताए। रासस
 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad