coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी सिनेटर एरिकसनको भ्रमण गर्ने पहिलो सूचीमा नेपाल

अमेरिका - अमेरिकी सिनेटर डोग एरिकसनले नेपाल सरकारसंग मिलेर काम गर्न चाहेको बताएका छन्। वासिंटन स्टेटका सिनेटर एरिकसनले विकासोन्मुख मुलुकमध्ये नेपाल आफ्नो भ्रमण तालिकाको पहिलो नम्बरमामा रहेको बताए। उनले चाँडै नेपाल सरकारसंग सहकार्य गर्दै काम गर्ने चाहाना समेत प्रकट गरे। कन्सुलर अफिस सियाटलद्धारा आयोजित कार्यक्रममा सिनेटर एरिकसनले यही आगामी साता कन्ुसलर एसी शेर्पासंग भेट गरी नेपाल भ्रमणको मिति तय
गर्ने बताएका हुन्।

नेपालका लागि पुर्वअमेरिकी राजदुत स्कट डेलीसिले आफुले कुटनीतिक क्षेत्रमा विताएकोमध्ये नेपाल आफ्नो मनपर्ने स्थान भएकोले आफुले एक सामाजिक संस्थामार्फत काम गरी रहेको बताउँदै विश्वका उत्कृष्ठ भ्रमण गर्ने मुलुहरुमध्ये नेपाल एक रहेको दावी गरे। उनले कार्यक्रममा उपस्थित अमेरिकन समुदायलाई एक पटक नेपाल भ्रमण गर्न सुझाएका थिए। अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कार्कीले अमेरिकी सरकारको नेपाललाई भैरहेको सहयोगको सरहाना गर्दै अमेरिकी सरकारले ७७ विभिन्न आयत गर्ने बस्तुमा दिइएको भन्सार छुटबाट नेपाली व्यवसायीहरु लाभान्वित भएको बताए। अमेरिकी सरकारको विभिन्न सहयोगहरुले नेपालीको जीवनस्तर सुधार्न मदत पुगेको बताउँदै निरन्तर सहयोग पाईरहने विश्वास व्यक्त गर्नु भयो। कार्यक्रममा रेडमण्डका मेयर जोन र्माकोइन र बेथलका मेयर एण्डी रेयुमीले नेपालको सुन्दरता सुनेर आफु पनि नेपाल भैमण गर्न इच्छुक रहेको बताए।

नेपाल र अमेरिकामा रहेका नेपाली र अमेरिकी व्यवसायीहरुको लागि व्यवसाय तथा नेपालका विविध पर्यटकीस संभावनाहरुका बारेमा आयोजित छलफल कार्यक्रममा बील मेलिना फाउण्डेसनका रोसन श्रेष्ठले एभेरष्ट बेस क्याम्पमा सुुरु गरेको ठुलो प्रोजेक्टका बारेमा जानकारी दिदै आगामी दिन सो फाउण्डेसनले सामाजिक काममा सरकारसंग हातेमालो गर्ने बारेमा जानकारी दिए।

कार्यक्रममा उपस्थित अमेरिकन नागरिकहरुले निकै उत्सुकताका साथ नेपालको प्रकृतिक सुन्दरताको बयान गर्दै भ्रमण गर्न मात्र सुझाएनन रिटायर्डमेन्ट जिवनका समय बिताउन नेपाल जाने चाहाना प्रकट गरेको कन्सुलर शेर्पाले बताए। कार्यक्रममा मिस नेपाल २०१९ की अनुष्का श्रेष्ठ, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका महासचिव पशुपति पाण्डे व्यवसायी मिङ्ग्मार तामाङ्ग, श्याम तामाङ लगायत ब्यबसायी तथा  कुटनीतिक र अन्य क्षेत्रका व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो। दुई बर्षअघि वाणिज्य दुतावास स्थापना भएपछि सियाटल आसपासबाट नेपाल भ्रमण गर्ने अमेरिकनहरुको सख्यामा व्यापक बृद्धि भएको वाणिज्यदुतावासले जनाएको छ। सियाटलस्थित नेपाली वाणिज्य दुतावासबाट भिषा जारी हुन थालेपछि झण्डै १० हजार अमेरिकनहरुले नेपाल भ्रमण गरिसकेको तथ्यांक छ।

प्रकाशित: १३ श्रावण २०७६ ०४:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App