८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

चीनमा निर्माण भए ‘म्याक प्रो’ आयातमा छुट हुन्न : ट्रम्प

वासिङ्टन – अमेरिकी प्रसिद्ध प्रविधि कम्पनी एप्पललाई ‘म्याक प्रो डेस्क टप कम्प्युटर’ को उत्पादन अमेरिकामै नगरे सो उत्पादनमा छुट नदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन् ।

‘यदि एप्पलले चीनमा बनाएका ‘म्याक प्रो’ को सामानमा छुट मागेमा उसमाथि लाग्ने सेवा शुल्कमा कुनै छुट दिइने छैन । त्यो छुट र सेवा पाउनका लागि एप्पलका लागि प्रयोग गरिने सामानको उत्पादन अमेरिकामै हुनुपर्छ,’ राष्ट्रपति ट्रम्पले गरेको ट्विट उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपतिले एप्पललाई म्याक प्रोको पार्ट्स चीनमा बनाएमा आयातमा कुनै पनि छुट नदिइने र नमाने परिणाम आयातमा बन्देज लगाउने चेतावनी दिएका हुन् । चीन र अमेरिकाबीच गत वर्षदेखि चलेको व्यापार विवादका कारण कतिपय बहुराष्ट्रिय कम्पनीको कारोबारमा समस्या हुने गरेको छ । तर गत महिना जापानको ओसाकामा आयोजित विश्वका २० शक्तिशाली अर्थतन्त्र ‘जी–२०’ को सम्मेलनको साइडलाइन मिटिङमा अमेरिकी राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबीच व्यापार विवादलाई अन्त्य गर्न यसअघि जारी रहेको चिनियाँ तथा अमेरिकी प्रतिनिधिमण्डलको वार्तालाई निरन्तरता दिने सहमति भएको थियो ।

 

प्रकाशित: १३ श्रावण २०७६ ०३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App