विजयपुरमा दुई लेनको बेलिब्रिज

सोमबार, १३ साउन २०७६, ०८ : २९ सन्तोष पोखरेल

पोखरा – पोखरा प्रवेशको मूल नाका विजयपुर खोलामा दुई लेनको बेलिब्रिज सञ्चालनमा ल्याइएको छ। खोलामा एक दशकअघि बनाएको पक्की पुल कमजोर भएपछि सवारी आउजाउ सहज बनाउन बेलिब्रिज राखिएको हो। यो नेपालकै पहिलो दुई लेनको बेलिब्रिज भएको सडक विभागले बताएको छ।

विभागका उपमहानिर्देशक शिवहरि सापकोटाका अनुसार यसको लम्बाइ ५० मिटर र चौडाइ सात मिटर छ। यसमा दोहोरो गाडी आउजाउ गराउन सकिन्छ। सापकोटाका अनुसार यसअघि नेपालका विभिन्न खोलामा बेलिब्रिज राखे पनि ५० मिटर लामो र दुई लेनको यो नै पहिलो पुल हो।

उनी भन्छन्, ‘अहिलेसम्म एक लेनको बेलिब्रिज धेरैतिर भए पनि दुई लेनको थिएन। विजयपुरमा नयाँ अभ्यास गर्दा हामी सफल भएका छौं।’

उनका अनुसार ५० मिटर दुरीसम्मका एक लेन बेलिब्रिज भने विभिन्न खोलानालामा थिए। शनिबार बेलुकीदेखि सञ्चालनमा आएको यो पुलको क्षमता ३५ टन छ।

परीक्षणका क्रममा ३५ टनसम्मका सवारी पुलमा अड्याएर भार परीक्षण गरिएको सापकोटाले बताए। ‘३५ टनसम्मको भार परीक्षण गर्दा पनि पुललाई खासै समस्या भएन,’ उनले भने, ‘अब अन्यत्र पनि यस्तो पुल बनाउन सकिन्छ भन्ने पुष्टि भएको छ।’ खोलानालामा छोटो समयमा पुल बनाएर सवारी आउजाउ गराउन बेलिब्रिज राख्ने गरिएको उनले बताए। पक्की पुल तत्काल बनाउन नसकिने अवस्थामा विकल्पमा बेलिब्रिज राखिने गरेको सापकोटाको भनाइ छ। विजयपुरमा राखेको यो पुलले अब अन्य राजमार्गमा पनि दुईलेनको बेलिब्रिज राख्न सहज हुने उनले बताए। ‘कुनै संकट आएर राजमार्ग रोकिने अवस्थामा बेलिब्रिज राख्ने हो। अब दुई लेनको पुल राख्दा सहज हुने देखिएको छ,’ उनले भने।

पोखराबाट विजयपुर करिब पाँच किलोमिटर पर पर्छ। पोखरा भित्रिने यो नै मूल नाका हो। नदीमाथिको पक्की पुल जीर्ण भएपछि डाइभर्सन बनाएर भारी सवारी वारपार गराइएको थियो। तर, त्यही डाइभर्सन पनि असार अन्तिम साता बाढीले बगाएको थियो। त्यसपछि गह्रौं सवारीको पोखरा आउजाउ रोकिएको थियो। विजयपुर खोलामा रहेको पक्की पुल जीर्ण भएपछि १० टनभन्दा बढी भार बोकेका सवारीलाई डाइभर्सनमार्फत वारपार गराइएको थियो। त्यही डाईभर्सन पनि बगाएपछि भारी गाडीको आउजाउ रोकिएको थियो।

उपमहानिर्देशक सापकोटाले ३५ टनभन्दा बढी भार बोकेका सवारीलाई अझै पनि डाइभर्सन बनाएर नै वारपार गराइने बताए। ‘वर्षायाममा मात्र डाइभर्सन बगाउने चिन्ता हो। हिउँदमा समस्या छैन। ३५ टन तौलसम्म बोकेका सवारीलाई बेलिब्रिजबाट वारपार गराउन सकिन्छ,’ सापकोटाले भने, ‘३५ टनभन्दा बढी भार बोकेका सवारी निकै नै कम हुन्छन्। मार्बल, टायल जस्ता निर्माण सामग्री बोकेका निकै कम संख्यामा त्यसता सवारी सहर भित्रिन्छन। तिनलाई डाइभर्सनबाटै वारपार गराउने हो।’ अप्ठेरोमा कुनै पनि सवारी रोकिने अवस्था नआउने उनले बताए।

यो बेलिब्रिज अस्थायी भनिए पनि खोलामा अर्काे पक्की पुल नबनेसम्म नहट्ने सापकोटाले बताए। पक्की पुल कमजोर रहेको र बेलिब्रिज पनि हटाउँदा आउजाउ नै रोकिने भएकोले चार लेनका अर्काे पक्की पुल नबनेसम्म बेलिब्रिजबाट आउजाउ भइरहने सापकोटाले बताए। पृथ्वी राजमार्ग विस्तारसँगै विजयपुरमा चार लेनसम्मको पक्की पुल बनाउने योजना रहेकोले बेलिब्रिज अझै धेरै वर्ष रहीरहने उनले बताए। अहिले हलुका सवारीलाई पक्कि पुल र गह्रौं भार बोकेका र यात्रुबाहक वसलाई बेलिब्रिजबाटै वारपार गराउन थालिएको उनले बताए।

गण्डकी प्रदेशको राजधानी पोखरालाई काठमाडौंसहित पूर्वी तराईसँग जोड्ने सडक पनि यही हो। पृथ्वी राजमार्गमा पर्ने यो खण्ड हुँदै दैनिक करिब ६ हजार ठूला–साना सवारी आउजाउ हुने ट्राफिक प्रहरीको अनुमान छ। गण्डकी अञ्चलका कास्की र स्याङ्जासहित धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जाने मूल सडक नै यही हो। पोखरा मात्र नभई धौलागिरिका अन्य जिल्लाका लागि ढुवानी हुने निर्माण सामग्री र खाद्यान्न पनि यही नाका हुँदै भित्रिन्छ।

विजयपुर खोलामा रहेको पुल आठ ठाउँमा चर्किएपछि जोखिम बढेको भन्दै खोलामा ढल बिछ्याएर डाइभर्सन बनाइएको थियो। फागुन पहिलो साता पुलमा रङरोगन गर्ने क्रममा पेन्टरले पुल चर्किएको देखेपछि जोखिमबारे थाहा भएको हो। २०६४ सालमा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको विजयपुर खोलाको पुल ११ वर्ष नबित्दै जोखिममा परेको थियो। पुलको बीच भागका विभिन्न ठाउँमा बटम कड र क्रस मेम्बर भाँच्चिनुका साथै चर्किएको सडक डिभिजन कार्यालय पोखराले बताएको छ।








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

नेपालमा सार्वजनिक हुने तयारीमा रहेको “ए नाइन २०२०” कम्पनीले यही आश्विन ६ गते सार्वजनिक गर्ने घोषणा गरेको हो। ...

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार...

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार...

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा...

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

टाटा मोटर्सद्वारा संचालित रिटेल च्याम्पियन कार्यक्रम अन्तर्गत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ । ...

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा सञ्चित रकम समेतबाट बैंकका सेयरधनीलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सामसङको अफर सार्वजनिक

सामसङको अफर सार्वजनिक

सामसङले उत्सव अवसरको रुपमा ‘सामसङ आयो, खुसी छायो’ योजना सार्वजनिक गरेको छ । ...

एनआइबिएलको काउन्टर विस्तार

एनआइबिएलको काउन्टर विस्तार

नेपाल इन्भेस्टमेन्ट बैंकले भोजपुरको पौवादुङमा गाउँपालिकामा विस्तारित काउन्टरमार्फत आफ्नो कारोबार बढाएको छ । ...

Ncell Footer Ad