८ वैशाख २०८१ शनिबार
समाज

‘बेइमान धन्दा’ चलाउने गिरोह पर्दैनन् फन्दामा

नेपालगन्ज - लागूऔषध नियन्त्रण व्युरो टोलीले साउन ६ गते ५० ग्राम ब्राउनसुगरसहित नेपालगन्जका २७ वर्षीय उपेन्द्रकुमार चौधरी पक्राउ ग-यो। टोलीले जमुनाहास्थित नेपाल–भारत सीमा क्षेत्रमा जाँच गर्नेका क्रममा चौधरीलाई नियन्त्रणमा लिएको थियो। चौधरी युपी २१ एके ६३९८ नम्बरको मोटरसाइकलको व्याट्री राख्ने ठाउँमा लुकाएर राखेको ब्राउनसुगरसहित नेपाल आउँदै थिए।

नेपाल–भारत सीमा क्षेत्रमा लागूऔषधसहित पक्राउ पर्ने चौधरी एक प्रतिनिधि पात्रमात्र हुन्। उनीजस्ता थुप्रै युवा हरेक दिन नेपालगन्ज भन्सारसहित बाँकेका विभिन्न स्थानमा लागूऔषध ओसारपसार तथा प्रयोग गरिरहेको अवस्थामा भेटिन्छन्। कोही ओसारपासर गरिरहेका बेला प्रहरीको फन्दामा पर्छन्। मुद्दा–ममिला चल्छ, सजाय पनि हुन्छ। तर पश्चिम तराईका जिल्लामा लागूऔषधसहित अपराधका घटना नियन्त्रण हुन सकेको पाइँदैन।

एक वर्षअघि महेन्द्र रंगशालाबाट पत्रकार जीवन पाण्डेको मोबाइल र ४० हजार रुपैयाँ चोरी भयो। रकम चोरी भएपछि पाण्डेले प्रहरीलाई खबर गरे। मोबाइलको ‘आइएमई कोड’ प्रहरीलाई दिएर आएका पाण्डेलाई दिउँसो चोरी गर्ने व्यक्ति पत्ता लागिसकेको खबर आयो।

चोरी गर्ने व्यक्ति थिए, रंगशाला वरिपरिका लागूऔषध सेवनकर्ता। रंगशाला गएको बेला उनले लागूऔषध किन्ने पैसा जुटाउन चोरी गरेका थिए। यसबाट महेन्द्र रंगशालाजस्तो सार्वजनिक ठाउँ खेल्ने बहाना बनाउँदै भेला हुने युवाको लागूऔषध सेवनस्थलमा परिणत भएको देखिन्छ।

सुरुवातमा कसैले म दुव्र्यसनमा फस्छु भन्ने सोचेको हुँदैन। समय र संगतले दुव्र्यसनीनजिक पुग्ने वातावरण बनाइदिन्छ।

लागूऔषध दुव्र्यसनमा परेका व्यक्तिले चोरी गर्ने घटना बाँकेमा सामान्य हुन थालेको छ। खुला सिमाना र फितलो सुरक्षा रणनीतिले लागूऔषध दुव्र्यसनी र काराोबारीको संख्या पनि बढिरहेको छ। त्यसको पुष्टि गर्छ हरेक वर्ष बाँकेमा बढदै गएको लागूऔषध दुव्र्यसनीको घटनाले। लागूऔषध दुव्र्यसनीले हजारौं युवा असामाजिक मात्र बनिरहेका छैनन् शक्तिहीन बनिरहेका छन्। यसले भारतीय सिमानासँग जोडिएको बाँके र भारतीय सहरमा थुप्रै सामाजिक समस्या र अपराध बढाइरहेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा ७८, २०७३/०७४ मा एक सय ३७, २०७४/०७५ मा एक सय ४५ र २०७५/०७६ मा दुई सय ४९ मुद्दा दर्ता भएका थिए। दर्ता भएका मुद्दामध्ये २०७४/०७५ मा तीन सय १० तथा २०७५/०७६ मा तीन सय ७६ जनालाई कारबाही गरिएको लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले बताए।

नेपालगन्जमा लागूऔषध निणन्त्रण मुख्य चुनौती बनेको बताउँछन् प्रहरी निरीक्षक हरि बस्नेत। लागूऔषध दुव्र्यसनमा फसेकाहरूको संलग्नता चोरी, तस्कर, बलात्कार, हत्याजस्ता आपराधिक घटनामा हुने गरेकाले लागूऔषध निणन्त्रण मुख्य चुनौती बनेको बस्नेतको भनाइ छ। आपराधिक घटना संलग्नहरूको सम्बन्ध लागूऔषध प्रयोगकर्तासँग जोडिने गरेको पाइएको प्रहरीले जनाएको छ।
प्रयोगको आन्तरिक कारण

बाँके प्रहरीको तथ्यांकअनुसार लागूऔषध दुव्र्यसन र ओसारपसारमा १३ देखि २५ वर्ष उमेर समूहका युवायुवती बढी संलग्न भएको देखिन्छ। दुव्र्यसनीमा फसेका व्यक्तिको व्यवहार पूर्ण रूपमा असामाजिक हुन्छ। पूर्वलागूऔषध प्रयोगकर्ता समीर विकका अनुसार असामाजिक व्यवहार हुनुको पछाडि दुव्र्यसनमा फसेका व्यक्ति घर, परिवार, समाजबाट बिस्तारै एक्लिँदै गएको अनुभव गर्नुले पनि हो। ‘दुव्र्यसनमा फसेका बेला म आमा, बुबा, दाइ, भाइ, शिक्षक कसैको वास्ता गर्दिनथेँ। उनीहरू सबैको मैले आफ्नै किसिमले फरक नाम राखेको थिएँ। बुबा बैंकमा काम गर्नुहुन्थ्यो तर मलाई हटारुजस्तो लाग्थ्यो,’ विकले भने, ‘आफूलाई छुटै ग्रहबाट आएको मानिस सम्झन्छन् दुव्र्यसनमा परेकाहरू। मभन्दा ठूलो कोही छैन, मैले जे गरे पनि हुन्छ भन्ने भावना जाग्छ। यसले व्यक्तिलाई बिस्तारै एक्लो बनाउँदै लान्छ र आफूजस्तै साथीको खोजीमा लाग्छन्।’

आत्मविश्वासमा कमी पनि दुव्र्यसनमा फस्नुको एउटा आन्तरिक कारण भएको विक बताउँछन्। उनका अनुसार सुरुवातमा कसैले म दुव्र्यसनमा फस्छु भन्ने सोचेको हुँदैन। समय र संगतले दुव्र्यसनीनजिक पुग्ने वातावरण बनाइदिन्छ। विकले भने, ‘एउटा बच्चा किशोर अवस्थामा पुग्दा अपेक्षाका पहाड बनेका हुन्छन्, जसको डरले ऊ भाग्न खोज्छ। र त्यही डर हटाउन भन्दै व्यक्ति दुव्र्यसनमा फस्दै जान्छ। ‘सुरुमा चुरोट, रक्सी, गाँजा हुँदै दुव्र्यसनका अन्य बाटो रोज्न थाल्छन् युवाहरू। चुरोट, गाँजा, ड्रग्स र अन्य लागूऔषध प्रयोग गरेपछि आनन्द आउने, यौन शक्ति बढनेजस्ता भ्रमपूर्ण धारणाले पनि युवाहरू दुव्र्यसनतर्फ अग्रसर भइरहेका हुन्छन्।

लागूऔषध र प्रयोगकर्ताका कोड
लागूऔषधले मानव शरीरमा उत्तेजना पैदा गर्ने, शान्त पार्ने, एकोहोरो गराउने, भ्रम पैदा गर्नेजस्ता समस्या उत्पन्न गराउँछ। यस्तो अवस्था उत्पन्न गराउने गाँजा, चरेस, अफिम, डेन्ड्राइट, ब्राउन सुगर, नाइट्रोसन चक्की, कोरेक्स, ओपिडोल दुव्र्यसनमा परेका युवाको रोजाइमा पर्ने गर्छन्। लागूऔषध प्रयोगकर्ताका अनुसार खुला सिमानाको फाइदा उठाउँदै नेपालबाट गाँजा, चरेस र अफिम भारत लाने गरिन्छ भने भारतबाट ब्राउन सुगर, डाइजिपाम, नाइट्रोजन चक्की, कोरेक्स, ओपिडोल र डे«न्डाइटजस्ता लागूऔषध नेपाल भित्रिने गर्छन्। दुव्र्यसनमा फसेका व्यक्तिको साइन कोडअनुसार भारत (पारि) गोटी, झोल (कोरेक्स) खान सहज छ। लागूऔषध प्रयोगकर्ता तथा कारोबारीहरू सुई हान्नेलाई ‘ढुस’, कोरेक्स खानेलाई ‘पानी खाने’ र किन्ने बेला ‘सामान वा माल’ दिनु भनेर माग्ने गर्छन्।

प्रहरीका अनुसार अहिले ब्राउन सुगर प्रयोग गर्नेको संख्या बढिरहेको छ। नाइट्रोजन चक्की किन्न पनि सहज छ। १० देखि १५ रुपैयाँमा सहजै नाइट्रोजन चक्की पाइन्छ। कोरेक्स झोल सयदेखि एक सय ५० रुपैयाँमा पाउन सकिन्छ। डेन्ड्राइड धेरैजसो सडक बालबालिका र पैसा नहुने प्रयोगकर्ताले प्रयोग गर्ने गर्छन्। ब्राउन सुगर एक ग्रामको तीनदेखि चार हजार रुपैयाँसम्म पर्छ। आर्थिक अवस्था कमजोर र किन्नका लागि पैसा नभएपछि दुव्र्यसनमा फसेकाहरू कोही आफैं तयार पारेरसमेत खाने गर्छन् भने कोही आपराधिक क्रियाकलाप गर्नसमेत तयारी हुन्छन्। दुव्र्यसनमा परेकाहरूले अन्तिम विकल्पका रूपमा मोजा, महिलाले प्रयोग गर्ने सेनेटरी–प्याड, जुत्ताको पोलिस, फिनाइल, माउसुलीको पुच्छरसम्म मारेर खाने गर्छन्।

बाँके प्रहरीका अनुसार लागूऔषध प्रयोग गर्नेमा तेस्रो लिंगी, यौन व्यवसायी, यातायायातमा संलग्न कर्मचारी, विद्यार्थीको संख्या धेरै छ। यौन व्यावसायमा संलग्नहरू सहज अनुभव गर्न र सहज रूपमा पैसा कमाउन लागूऔषध प्रयोग गर्ने गर्छन्। सहजै पैसा कमाउन चाहनेका लागि लागूऔषध सहारा बन्ने गरेको छ। मनले यौन व्यवसायमा संलग्न हुन मानिरहेको हुँदैन। तर पैसा कमाउन त्यही कार्यमा संलग्नु हुनुपर्ने बाध्यताले धेरैजसो लागूऔषधमा फसेको प्रहरी बताउँछ।

गिरोह पक्राउ नै पर्दैनन्
लागूऔषधको बजार मिश्रित खालको छ। केही लागूऔषध प्रयोगकर्ता आफ्ना लागि आफैं किन्न भारतीय सहर जान्छन् र साथीलाई बेच्ने गर्छन्। यसरी एक–अर्कालाई दिने आआफ्नै समूह हुन्छन्। केही संगठित गिरोहले लागूऔषधको व्यापार गर्छन्। संगठित गिरोह भारत र नेपाल दुवैतर्फ रहेको पूर्वप्रयोगकर्ताहरू बताउँछन्। तर उनीहरूसम्म प्रहरी पुग्नै सक्दैन। उनीहरूले विभिन्न व्यक्तिलाई प्रयोग गरेर आफ्नो व्यापारलाई चलाइरहेका छन्।

पूर्वप्रयोगकर्ताहरूका अनुसार सरकारी अधिकारीहरू भने थाहा पाए पनि थाहा नपाएजस्तो गर्छन्। प्रहरीले पक्राउ गर्ने अधिकतर प्रयोगकर्ता मात्र भएको बताइन्छ। बिक्री गर्ने मुख्य गिरोह भने अहिलेसम्म प्रहरीको फन्दामा परेको छैन।
लागूऔषध कारोबार ‘बेइमानको धन्दा’का रूपमा चिनिन्छ। लागूऔषध सेवन गर्ने बानी ‘बेइमान धन्दा’ भन्दा कम हुँदैन। ‘लागूऔषध प्रयोग गर्ने र बिक्री गर्ने समूहका लागि अपराध गर्नु सामान्य हो,’ लागूऔषध दुव्र्यसनविरुद्ध काम गरिरहेका युवा अभिराज क्षेत्री भन्छन्, ‘दुव्र्यसनमा फसेकाहरू खान नपाएपछि जे पनि गर्न तयार हुन्छन्। सामान्य घटनामा पनि मानिस मार्नसमेत पछि पर्दैनन।’

लागूऔषध नियन्त्रणमा काम गरिरहेको प्रहरी अनुसन्धान नै फितलो हुने गरेको बताउँछन् सहारा हाउसका अध्यक्ष एवम सामाजिक अभियन्ता अभिराज क्षेत्री। ‘लागूऔषधसहित पक्राउ परेकालाई प्रहरीले सोझै अपराधीसरह व्यवहार गर्छ। पक्राउ पर्ने प्रयोगकर्ता हो कि बिक्री गर्ने हो छुट्याउन जरुरी छ,’ उनले भने, ‘प्रयोगकर्तालाई सामाजिक सहयोगबाट पुनःस्थापना गर्न सकिन्छ। बिक्री गर्नेलाई कडा सजाय हुनु पर्छ।’ क्षेत्रीका अनुसार कानुन कार्यान्वयन एकाइ र अदालतबिच पनि केही अन्तर छ। जसले समस्या भइरहेको छ। कसैसँग लागूऔषध भेटिएको छ भने त्यसलाई सोझै जेलमा हालिन्छ। तर कति परिमाणमा भेटिएको हो त्यसका आधारमा केही निश्चित अवधिसम्म सुधार गृहमा बस्नुपर्ने कानुनी व्यवस्था भए दुव्र्यसनी निकै कम हुने थिए।

प्रकाशित: १३ श्रावण २०७६ ०१:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App