८ वैशाख २०८१ शनिबार
खेल

ओडिसी र बिएनए क्वार्टरफाइनलमा

जुनियर ब्वाइजमा बिएनएका खेलाडी जगत मन्दिरविरुद्ध बल अगाडि बढाउँदै।

काठमाडौं – आठौं गोल्डेनपिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ओडिसी र बिएनए स्कुल जुनियर ब्वाइजमा क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। कपनको सरस्वतीनगरस्थित गोल्डेनपिकको कोर्टमा आइतबार भएको लिग खेलमा ओडिसीले जुगल बोर्डिङलाई २६–१० ले हराउँदा वसुन्धरा नेसनल एकेडेमी (बिएनए)ले जगत मन्दिरलाई ३५–१४ को स्कोरमा स्तब्ध बनाउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका हुन्। ओडिसीको जितमा दिलसन मगरले १० स्कोर गर्दा बिएनएका सन्देश खड्काले सर्वाधिक १२ स्कोर गरेका थिए।

जुनियर ब्वाइजमै लालीगुराँस र एन्जल्स हर्टले जित निकालेका छन्। सिनियर ब्वाइजको खेलमा ग्रिनल्यान्ड र एचएचसिएले जित निकालेका हुन्। ग्रिनल्यान्डले बेबिलोनलाई ६३–४० को फराकिलो अन्तरले हरायो। ग्रिनल्यान्डको जितमा उत्कृष्ट प्रदर्शन गरेका राजीव आलेले सर्वाधिक ३३ स्कोर गरेका थिए।

अंशु राईको १२ स्कोरको सहयोगमा एचएचसिएले अक्षर एकेडेमीमाथि ४३–३९ स्कोरको संघर्षपूर्ण जित निकाल्यो। सिनियर गल्र्सको एक मात्र खेलमा रिलायन्स पब्लिकले आयरल्यान्ड एकेडेमीलाई १६–१० को स्कोरमा हराउँदा ओजस्वी निरौलाले सर्वाधिक १२ स्कोर गरिन्। प्रतियोगितामा जुनियर ब्वाइजतर्पm १२ टोली, सिनियर गल्र्समा ६ टोली र सिनियर ब्वाइजमा १२ टोलीले  १७ गतेसम्म प्रतिस्पर्धा गर्नेछन्।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको गल्र्स टोलीलाई दुई समूहमा विभाजन गरिएको छ भने ब्वाइजलाई चार समूहमा विभाजन गरिएको छ। जुनियर ब्वाइजतर्फ ४ फिट १० इन्चसम्मको उचाइ निर्धारण गरिएको छ। प्रतियोगिताअन्तर्गत हुने सबै  खेलमा नेपाल बास्केटबल संघको प्राविधिक सहयोग रहेको छ।
 

प्रकाशित: १३ श्रावण २०७६ ०१:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App