coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

बेलको अनुबन्धन प्रक्रिया रद्द

रियाल मड्रिडका ग्यारेथ बेल चिनियाँ क्लबमा अनुबन्धित भए सफल र खुसी हुने टोटेनह्यामका पूर्वमिडफिल्डर मौसा डेम्बेलेको प्रतिक्रिया।

लन्डन – पछिल्लो एक साता रियाल मड्रिडका ग्यारेथ बेलको आगामी गन्तव्यका बारेमा विभिन्न खबर सार्वजनिक भए। प्रशिक्षक जिनेदिन जिदानले बेललाई बेच्ने अन्तिम तयारी भइरहेको र उनी टोलीमा नहँुदा दुवै पक्षका लागि राम्रो हुने प्रतिक्रिया दिएका थिए। बेलका एजेन्टले समेत प्रशिक्षकले खेलाडीको अपमान गरेको र बेल चिनियाँ क्लब जाने तयारीमा रहेको बताएका थिए। तर आइतबार स्पेनिस क्लब रियालले चिनियाँ पक्षसँग जारी बेलको अनुबन्धन प्रक्रिया रद्द गरेको जनाएको छ। जिदान रियालमा फर्किएपछि बेल पछिल्ला समयमा बेन्चमै सीमित हुँदै आएका छन्। जिदान पुनः रियालमा फर्किएपछि ११ मध्ये तीन खेलमा अवसर पाएका बेलले मैदानमा ९० मिनेट मात्र बिताएका छन्। गत सिजन रियाल बेटिससँग २–० ले पराजित भएपछि बेलप्रति जिदानले भरोसा कम गर्दै आएका थिए।

बेल २०१३ मा कीर्तिमानी रकममा इङ्लिस प्रिमियर लिग क्लब टोटेनह्यामबाट रियालमा अनुबन्धन भएका थिए। बेलको सान्टियागो बर्नाबेउसँगको सम्झौता अझै तीन वर्ष बाँकी छ। रियालबाट बेलले ४ पटक च्याम्पियन्स लिग, समान एक पटक प्पेनिस ला लिगा र कोपा डेल रे तथा समान तीन पटक युएइफए सुपर कप  र क्लब विश्वकप जितेका छन्। यसअघि आइतबारै टोटेनह्यामका पूर्वमिडफिल्डर मौसा डेम्बेलेले रियाल मड्रिडका ग्यारेथ बेल चिनियाँ क्लबमा अनुबन्धित भए सफल र खुसी हुने प्रतिक्रिया दिएका थिए।

गत जवनरीमा चिनियाँ क्लब गोन्जाओ आरएन्डएफमा अनुबन्धित बेल्जियममा ३२ वर्षीय डेम्बेलेले २०१२ देखि २०१९ सम्म इङ्लिस प्रिमियर लिग क्लब टोटेनह्यामबाट खेलेका थिए। उनैले बेललाई चिनियाँ क्लब आउँदा खुसी र सन्तुष्टि मिल्ने बताएका हुन्। बेल यसै सिजन रियाल मड्रिडको बसाइलाई समाप्त गर्दै चिनियाँ क्लब जियान्सु सुनिसमा प्रतिहप्ता १० लाख पाउन्डमा जाने तयारीमा रहेका थिए।

‘ग्यारेथले चीन बसाइलाई सफल बनाउनेमा म आशावादी छु। उनी यही लिगमा अवश्य पनि रमाउनेछन्,’ डेम्बेलेले भने, ‘बेल प्रतिभावान खेलाडी हुन्। फुटबलमा केही नभएको अवस्थामा चम्किएका  खेलाडीको प्रदर्शनले समर्थकलाई खुसी पार्नेमा विश्वस्त छु। यहाँ रहँदा बेल तीन खेलाडीलाई बिट मार्दै गोल गर्न सक्ने खेलाडी हुन्।’
फुटबल करियरलाई अन्त्य गर्ने सोचमा रहेका खेलाडीलाई पैसा नै आखिर भएकाले चीनजस्तो ठाउँमा यसले अर्थ राख्ने डेम्बेलेले स्वीकार गरे। अपेक्षा गरेका बेलले स्पेनिस क्लब रियाल मड्रिडबाट खेल्दा चार च्याम्पियन्स लिग, एक ला लिगा, एक कोपा डेल रे र तीन युइएफए सुपर कप तथा तीन क्लब वल्र्ड कपको उपाधि दिलाउन सफल भएका छन्। ‘पैसा नै आखिर कारण हो। पैसा नै सबथोक हो,’ डेम्बेलेले भने, ‘यहा आउने खेलाडीले मनग्गे पैसा कमाउन सक्छन्। तर पैसाका लागि मात्र केन्द्रित रहे खेलाडीको अनुभव प्रस्फुटित हुँदै, जुन नकारात्मक पक्ष हो।’ स्पेनिस क्लब रियालबाट हालसम्म व्यवसायिक खेल खेलेका बेल चीन संस्कारमा नयाँ हुनेछन्। २०१३ मा बेल कीर्तिमानी मूल्यमा इङ्लिस क्लब टोटेनह्यामबाट स्पेनिस क्लब रियाल मड्रिडमा अनुबन्धित भएका थिए।

प्रकाशित: १३ श्रावण २०७६ ०१:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App