coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्वास्थ्य कार्यालयका प्रमुखसहित चार कर्मचारी अख्तियारको नियन्त्रणमा

म्याग्दी– स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीमप्रसाद आचार्य सहित ४ कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सूचना अधिकारी मेघनाथ रिजालले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा निमित्त कार्यालय प्रमुख आचार्य, स्टोरकिपर(अधिकृत छैठौं)रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसी छन्। गएको आर्थिक वर्षमा सम्पन्न कार्यक्रम वापतको पेस्की फछ्र्योट गरिदिने वाहनामा लिएको १ लाख ३० हजार रुपैयाँसहित पक्राउ परेका हुन्।

कर्मचारीले दिएको सूचनाको आधारमा  आधारमा पोखराबाट गएको टोलीले पक्राउ गरेको जनाइएको छ। घुस रकम सहित स्थानीय जनप्रतिनिधिको उपस्थितिमा मुचुल्का गरी कार्यालय प्रमुख आचार्य सहितको टोलीलाई थप अनुसन्धानका लागि क्षत्रीय कार्यालय पोखरा लगिएको छ।

अख्यितारको टोलीले केही महिना अगाडि डिभिजन बन कार्यालयका सहायक बनअधिकृत राजकुमार ठाकुरलाई समेत पक्राउ गरेको थियो। म्याग्दीका सरकारी कर्मचारीले सेवाग्राहीलाई अनावश्यक दुख दिने गरेको गुनासो आइरहेको अवस्थामा अख्यिारको टोली सक्रिय भएको छ। 

प्रकाशित: १२ श्रावण २०७६ १५:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App