७ वैशाख २०८१ शुक्रबार
समाज

डिभोर्सका लागि ३० जना पुरुष अदालतमा, घर व्यवहार नहेरेकोदेखि हिंसासम्म अनौठा कारण

तेह्रथुम– तेह्रथुममा ३० जना पुरुषले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन्। पुरुषले पनि श्रीमतीविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न सकिने नयाँ कानुनी व्यवस्थाको प्रयोग गर्दै तेह्रथमका ३० जना पुरुषले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन्।

भदौ १ गतेदेखि लागू भएका पाँचवटा नयाँ कानुनमध्ये ‘मुलुकी देवानी कार्यविधि (संहिता) ऐन २०७४ मा उल्लेखित व्यवस्थाको प्रयोग गर्दै उनीहरूले मुद्दा दर्ता गराएका हुन्। जिल्ला अदालतको तथ्यांकअनुसार तेह्रथुममा यस आर्थिक वर्षमा परेका ८३ वटा मुद्दामध्ये ३० जना पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता भएको सूचना अधिकारी भेषराज भट्टराईले बताए। उनका अनुसार अधिकांश सम्बन्धविच्छेदका लागि मुद्दा दिने पुरुषले पत्नीले घर व्यवहार नधानेको, सम्पत्ति हिनामिना गरेको, हिंसा गरेकाले अलग हुन चाहेको उल्लेख गरेका छन्। 

यसका साथै वैदेशिक रोजगारी, अविश्वास र रकम हिनामिनाका कारणले पनि सम्बन्ध विच्छेदको मुद्दा बढेको जिल्ला अदालत तेह्रथुमले जनाएको छ। नयाँ मुलुकी देवानी (संहिता) लागू हुनुपूर्व कमै पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा हालेका थिए। विगत दुई आर्थिक वर्षको तथ्यांक अनुसार जिल्ला अदालतमा यो वर्ष सम्बन्धविच्छेदका मुद्दा बढेको पाइन्छ।आर्थिक वर्ष २०७५/०७६ मा ८३ वटा मुद्धा दर्ता भएको मध्ये ५८ वटा मुद्धा फर्छ्यौट भएका छन् भने २५ वटा बाकी रहेका जिल्ला अदालतले जनाएको छ। 

प्रकाशित: १२ श्रावण २०७६ १४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App