coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सवारी एकआपसमा ठोक्किंदा तीनको मृत्यु

धनुषा– धनुषामा दुई सवारी एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ। जनकपुर–ढलकेवर सडकखण्डमा विपरीत दिशामा गइरहेको दुई सवारी एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। सवारी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको जानकी मेडिकल शिक्षण अस्पतालमा मृत्यु भएको धनुषाको प्रहरी उपरीक्षक शेखर खनालले जनाए।

आइतबार जनकपुरबाट जाँदै गरेको ना१ज७०२२ नम्बर प्लेटको विगंर र विपरीत दिशा ढलकेवर तर्फबाट आउँदै गरेको ज१ह४८९६ नम्बर प्लेटको अटो रिक्सा एक आपसमा ठोक्किँदा  तीन जनाको मृत्यु र आधा दर्जन व्यक्ति गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

जनकपुर–ढलकेवर निर्माणाधीन ६ लेन सडकखण्डमा सवारी दुर्घटना हुँदा क्षिरेश्वरनाथ नगरपालिका–४ का ७२ वर्षीय रामदेव साह र सोही नगरपालिकाको कुमहहरौल बस्ने २४ वर्षीय रोसन साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाबाट गम्भीर घाइते भएका सिरहा जिल्लाकी रेखा यादवको जानकी शिक्षण अस्पताल रमदैयामा उपचारको क्रममा मृत्यु भएको हो।

दुघटनामा परी गम्भीर घाइते भएकोहरुको मध्ये कोहीको रमदैया उपचार भइरहेको छ भने कोहीलाई विराटनगर रेर्फर गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। विगंरको चालक फरार छन् भने अटोको चालक गम्भीर घाइते भएका छन्।

 

प्रकाशित: १२ श्रावण २०७६ १४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App