अर्कै केटासँग प्रेम रहेकाे थाहा पाएपछि हत्या गरेर फरार लामा १२ वर्षपछि समातिए

आइतबार, १२ साउन २०७६, १६ : २६ नागरिक

काठमाडाैं- नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले हत्या गरी फरार अभियुक्तलाई १२ वर्षपछि पक्राउ गरेको छ। ब्यूरोको टोलीले २०६४ साल पुस २७ मा ललितपुर इमाडोल गाविस हाल ललितपुर महानगरपालिका–१५ इमाडोलमा मकवानपुरका २२ वर्षीय तारा भन्ने सुनिता लामाको हत्या गर्ने काभ्रेपलाञ्चोकका ३७ वर्षीय राजेश लामालाई साउन १० गते पक्राउ गरी आज सार्वजनिक गरेको हो। 

ब्यूरोले आज पत्रकार सम्मेलन गरी इमाडोल गाविस– ५ सुवेदीगाउँस्थित डम्बरबहादुर गुरुङको घरमा डेरा गरी बस्ने लामाको हत्यामा संलग्न राजेशलाई सानेपाबाट पक्राउ गरिएको जानकारी दिएको हो।

सम्मेलनमा ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक निरजकुमार शाहीले राजेश र ताराको बिहे गर्नका लागि सिन्दूर पोते गर्ने सल्लाह भए पनि ताराको अर्को केटासँग प्रेम सम्बन्ध भएपछि हत्या गरेको अनुसन्धानमा खुलेको जानकारी दिए। 

“घटना घट्नुभन्दा ६/७ महिना पहिलादेखि राजेशको तारासँग प्रेम सम्बन्ध भएको र ताराको कोठामा आउनेजाने गरेको तर बिहे गर्ने बेलामा ताराको अर्को केटासँग सम्बन्ध भएको थाहा भएपछि हत्या गरिएको अनुसन्धानमा खुलेको छ”, उनले भने। 

विवाह रद्द भएपछि गाउँमा बेइज्जत भएको महसुुस गरी रु एक हजारको छुरा किनेर ताराको हत्या गरेको ब्यूरोले जनाएको छ। मृतक ताराको कोठामा आएर कोही नभएको मौका छोपी शरीरको विभिन्न भागमा पटक–पटक छुरा प्रहार गरी हत्या गरिएको थियो।

हत्या गरेपश्चात् राजु लामाको परिचय बनाई हेटौंडाको एक होटलमा काम गरी बसेको र पछि काठमाडौँ आएर विभिन्न व्यक्तिको घरमा रङ लगाउने काम गरेको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए। पक्राउ परेका राजेशलाई जिल्ला अदालत ललितपुरबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad