स्कूल विभागबारे घनश्याम भुसाल

‘स्कूल विभाग पूर्वमाओवादीलाई छाड्छु, पूर्वएमालेलाई छाड्दिन’

आइतबार, १२ साउन २०७६, १३ : ५१ रितेश त्रिपाठी

वीरगन्ज– नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसालले स्कूल विभाग पूर्वमाओवादीको भागमा आफुले छाड्ने र पूर्वएमालेको भागमा परे नछाड्ने बताएका छन्। आइतबार वीरगन्जमा प्रेस संगठन पर्साले गरेको पत्रकार सम्मेलनमा नेता भुसालले पूर्वएमालेबाट नेतृत्व गर्नुपर्ने अवस्था आयो भने स्कुल विभागको नेतृत्वमा पहिलो दाबेदार आफु हुने बताएका हुन्। नेता भुसालले भने, ‘तर सहमतिका क्रममा स्कुल विभागको नेतृत्व पूर्वमाओवादीको भागमा परेमा एकताका लागि त्यसलाई मैले स्वीकार गर्नुपर्छ।’ 

पार्टीको स्कुल विभागमा ९ औं राष्ट्रिय महाधिवेशनदेखि आफ्नो स्वभाविक दाबी रहेको बताएका छन्। पूर्वएमालेले स्कुल विभाग पाएमा स्वतः त्यसको नेतृत्वको आफु दावेदार भएको बताउँदै उनले यसै निहुँमा एकता अलमलाउन नहुने बताएका छन्। 

पार्टीका अध्यक्षद्वयले ब्यवस्थापन गर्न नसेकेका कारण स्कुल विभागको नेतृत्व टुङ्गिन नसकेको बताए। पार्टी एकता प्रक्रिया तिब्रता दिन यस्ता विषयमा सामाधनहरु निकाल्दै जानुपर्ने उनले बताए।

‘स्कुल विभागको नेतृत्व अध्यक्षद्वयले लिनु हुन्छ भने त्यो सबैभन्दा कमजोर सामधान हो,’ अहिले स्कुल विभागको नेतृत्व अध्यक्षद्वयले नै लिने खबर आइरहेको भन्ने जिज्ञासामा उनले भने, ‘त्यस्तो नहुनु पर्ने हो। यदि त्यस्तो भयो भने मँ भन्छु यो सबभन्दा कमजोर सामधान हो, यसबाट स्कुल विभाग चल्दैन अझ सुसुप्त बनाउने काम गर्छ।’ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सामूहिक नेतृत्वभन्दा अमेरिकी नेतृत्व शैलीमा एकल नेतृत्वमा चलेका कारण पार्टी एकता प्रकृया लम्बिएको र सरकारले ल्याएका विधेयकहरुले विरोध खप्नु परेको उनले बताए। 

पछिल्लो समयमा भएका छलफलबाट पार्टी अध्यक्ष ओली सामुहिक नेतृत्वको पार्टीको परम्परालाई अपनाएर अगाडी बढ्ने संकेत देखेको भुसालले बताए। पछिल्लो पटक स्कुल विभागलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीभन्दा पनि ठुलो रहेको जस्तै भान पर्ने गरी अथ्र्याउनु अनुचित भएको उनको भनाई छ। पार्टीलाई सामुहिक निर्णयमा अगाडी बढाउनुपर्ने, पार्टीका निर्णय अनुसार सरकार अघि बढ्नु पर्ने र प्रमुख प्रतिपक्षीसहित संसदमा भएका सबै दलहरुसँग सुमधुर सम्बन्ध बनाएर देशलाई अग्रगमन र समाजवादतिर लैजानु पर्ने उनले आवश्यक्ता औंल्याए।







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

बाहिरी किबोर्ड र माउसहरू जोडेर तपाईंले आफ्नो एन्ड्रोइड स्मार्टफोन र ट्याब्लेटलाई कम्प्युटर जसरी नै प्रयोग गर्न सक्नुहुनेछ । ...

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

स्टडी प्लसले मलेसियन दूतावासको सहयोगमा भदौ ५ र ६ गते जमलस्थित एलो प्यागोडा होटलमा मलेसिया शैक्षिक मेलाको आयोजना गर्दै छ...

पुँजीबजारमा झिनो सुधार
क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा झिनो सुधार क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा बुधबार झिनो बिन्दुको सुधार देखिएको छ । यस दिन नेप्से ०.४२ बिन्दुले बढेर १२१४.०५ बिन्दुमा पुगेको छ । ...

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच डिबेन्चर निष्कासन सम्बन्धी सम्झौता भएको छ । ...

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंकले नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रको पूर्वतयारीको रूपमा ललितपुरमा रहेका नयाँ पर्यटकीय गन्तव्यको पहिचान एवं...

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक (इबिएल)ले नेसनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एसोसिएसन नेपाल (एन प्याब्सन)सँग सम्बन्ध विस्तार गर्दै इबिएलका सेवा नेसनल प्याब्सनका सदस्य...

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र इलाम मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सले ‘महापर्वको रंगोत्सव’ योजना पुनः ल्याएको छ । ...

Ncell Footer Ad