७ वैशाख २०८१ शुक्रबार
राजनीति

संविधान सबैको साझा सम्पत्तिः मन्त्री लेखक

बिरा गडाल

बैतडी- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान आम नेपालीको साझा सम्पत्ति भएको बताएका छन। आइतबार बैतडीको पाटनमा नेपाली कांग्रेस बैतडीले आयोजना गरेको कार्यक्रममा बोल्दै असन्तुष्ट पक्षलाई समेटेर संविधानलाई सबैको साझा सम्पत्तिको रुपमा स्थापित गराउन सरकार लागि परेको बताए।

मन्त्री लेखकले संविधान संशोधन गरेर असन्तुष्ट पक्षलाई समेट्नु पर्ने धारणा ब्यक्त गरे। वार्ता र छलफलबाट सहमती जुटाउन सरकार लागि परेको उनले बताए।

नेपालको संविधान बिश्वकै उकृष्ट भएको धारणा राख्दै संविधान चलायमान र गतिशिल दस्तावेज भएको बताए। संविधान कागतको खोष्टो हो, यो संशोधन हुदैन भन्ने  दुईओटा अतिवाद बर्तमान अवस्थामा घातक भएको उनको धारणा छ।

मन्त्री लेखकले स्थानीय तहको निर्वाचन समयमै हुने दावी गरे। ७ नम्बर प्रदेशको उत्तर दक्षिणी सडक सञ्जाल जोडेर समग्र प्रदेशको आर्थिक उन्नती हुन सक्ने भन्दै चीन र भारतसँग व्यापार र धार्मिक पर्यटनको संभावना भएको बताउदै यसबाट देशकै उन्नती हुने जिकिर गरे।

प्रकाशित: २१ कार्तिक २०७३ ११:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App