यौन र मानसिक अवस्थाको सम्बन्ध

आइतबार, १२ साउन २०७६, ११ : १२ नागरिक

म ४० वर्षको भएँ। १० वर्षको जेल जीवनपछि रिहा भएर घर जाँदा श्रीमतीसँग सहवासको प्रयास गर्दा लिङ्ग उत्तेजित भएन। जेलमा बस्दा हस्तमैथुन गर्ने गरेको थिएँ। समस्याको समाधान के होला ?

डा. दिनेश बाँस्तोला
कारागारजस्तो ठाउँमा बन्दी जीवन बिताइरहेका व्यक्तिले यदाकदा लुकिछिपी केही वैयक्तिक स्वतन्त्रताको प्रयोग गर्न सक्छन्। बन्दी जीवनमा पुरुष र महिला फरक–फरक ठाउँमा हुन्छन्। जसका कारण व्यक्तिमा यौन कुण्ठा हुन्छ। अर्कोतर्फ यौन कुण्ठा भएको अवस्थामा व्यक्तिले कुन समय, कस्तो स्थान र को व्यक्तिसँग यौन क्रियाकलाप तथा यौन सम्पर्र्क गर्ने भन्ने ख्याल गर्न मुस्किल पर्छ। त्यसैले यस्तो अवस्थामा आफूसँग जे उपलब्ध छ, त्यसैमा यौन सन्तुष्टि लिने प्रयास हुन्छ।

नियमित हस्तमैथुन गर्दा ठूलै शारीरिक असर नगर्ने भए पनि यस्तो बानीव्यवहारले वास्तविक यौन सम्पर्कमा भने असर पु-याउँछ। तनाव तथा हीनताबोधका कारण पुरुष र महिलाको यौन बानी व्यवहारै परिवर्तन भई निराशा ल्याउन सक्छ।

निस्क्रिय यौनाङ्ग
नियमित हस्तमैथुन गर्नाले व्यक्तिको जनेन्द्रियमा रक्तसञ्चार कमी हुने जोखिम हुन्छ। नाइट्रस अक्साइड नामक रसायनको उत्पादनमा कमी हुने र जनेन्द्रियका स्नायुहरु संवेदनशील नहुने जोखिम हुन्छ। त्यति मात्र हैन, यौनको महत्वपूर्ण भाग मस्तिष्कको सोचाइमा समेत असर पुग्न सक्छ।

लामो समय कैदी जीवन बिताएर बाहिर निस्कदा र यौन जोडीसँग यौन सम्पर्क गर्न खोज्दा लिंग उत्तेजित नहुनुको कारण शारीरिक तथा मानसिक रोग पनि लागेको हुन सक्छ। विभिन्न दीर्घ रोग पनि कारक हुन सक्छन्। रक्तचाप, चिनी रोग, तनाव तथा डिप्रेसनजस्ता शारीरिक तथा मानसिक रोग लागेको अवस्थामा यौन उत्तेजना नहुन सक्छ।

४० वर्ष नाघेका व्यक्तिको यौन इच्छा, आकांक्षा बढ्दै जाने भए पनि शारीरिक रुपमा यौन क्षमता घट्दै जानु प्राकृतिक नियमै हो। जुन सामान्य हो। निरन्तर हस्तमैथुन गर्दा यौनाङ्गका मांशपेशीमा आघात पुग्नुका साथै यौनाङ्गमा चोट–पटक लाग्ने जोखिम हुन्छ। जसका कारण यौनाङ्गका मांशपेशीको शोथ हुने सम्भावना हुन्छ। यौनाङ्गमा यस्तो समस्या हुँदा यौन उत्तेजना भए पनि जनेन्द्रिय भने यौन सम्पर्कका लागि सक्षम हुँदैनन्।

एकल पुरुष हस्तमैथुन
व्यक्ति स्वयं आफैँले आफ्नो यौनाङ्ग चलाएर गरिने हस्त मैथुन एकल पुरुष हस्तमैथुन हो। एकल पुरुष हस्मैथुनमा पुरुषले विपरीत लिङ्गी वा सहयोगीबिनै हस्तमैथुन क्रियाकलाप हुन्छ। यो तत्कालीन वा क्षणिक यौन आनन्दका लागि गरिने यौन कार्य हो। यो लोकप्रिय यौन अभ्यास पनि हो।  यसमा यौन जोडी आवश्यकता नपर्ने भएकाले छोटो समयमा क्षणिक यौन आनन्द लिन सकिने उपाय हो। यो यौन सन्तुष्टि लिने उपयुक्त उपाय हो। यसरी नियमित हस्तमैथुन गर्दा भने यौनाङ्गमा चोटपटक लाग्न सक्छ। यसरी नियमित रुपमा लामो समयसम्म पुरुषले हस्तमैथुन गरिरहे महिलासँग यौन  सम्पर्क गर्न खोज्दा र गर्दा शीघ्र स्खलनको समस्या हुन्छ।

नियमित हस्तमैथुन गर्दा व्यक्ति शारीरिक रुपमा कमजोर हुन्छ, जसका कारण यौन उत्तेजनमा समस्या आउँछ। लामो समय हस्तमैथुनका कारण लिङ्गको घर्षण अत्यधिक हुन्छ भने योनि खुकुलो हुन्छ। यस्तो अवस्थामा पुरुषले महिलासँग यौन सम्पर्क गर्दा योनिको मांशपेशी नरम हुने भएकाले कडा घर्षण हुँदैन। त्यसैले हस्तमैथुन गर्ने बानी परेको व्यक्तिलाई विपरीत लिङ्गी यौन जोडीसँगको यौन सम्पर्कमा यौन आनन्द लिन मुस्किल पर्छ।

यति मात्र हैन, हस्तमैथुन गरेर यौन तृप्ति मेट्ने बानी परेका व्यक्तिले विपरीत लिङ्गीसँग यौन सम्पर्क गर्न हिच्किचाहट हुने सम्भावना धेरै हुन्छ। व्यक्तिको शारीरिक रुपमा विपरीत लिङ्गीसँग यौन सम्पर्क गर्ने समयमा लिङ्ग उत्तेजित नहुँदा मानसिक रुपमा हीनताबोध हुँदै जान्छ। जसका कारण व्यक्ति शारीरिक रुपमा समेत स्खलित हुने अवस्था आउँछ। यस्ता व्यक्तिले शारीरिक भन्दा मानसिक समस्याका कारण यौन जोडीसँग यौन सन्तुष्टि लिन मुस्किल पर्छ। यो समस्या सबै उमेर समूहमा हुन्छ।

अन्तरलिङ्गी हस्तमैथुन
आफैँले आफैँ मात्रै हैन अन्तरलिङ्गी (विपरीत लिङ्गीबीच) पनि हस्तमैथुन हुन्छ। विपरीत लिङ्गी यौन जोडीबीच हुने हस्तमैथुनमा  पुरुषले महिलाको वा महिलाले पुरुषको यौनाङ्ग चलाएर, खेलाएर, सुँघेर, चाटेर गर्न सकिन्छ। यस्तो यौन क्रियाकलापमा यौन जोडीको यौन आकर्षण तथा भावना जाग्रित भएको हुन्छ। एक त विपरीत लिङ्गीसँग यौन सम्पर्क गर्न नचाहने व्यक्तिले यस्तो यौन अभ्यास गर्न सक्छन् भने अर्कोतर्फ अनुभवी हस्तमैथुन गर्ने व्यक्तिले। यसरी विपरीत लिङ्गीबीच नै हस्तमैथुन गर्दा वास्तविक यौनमा भने असर पुग्ने जोखिम हुन्छ।

एकल महिला हस्तमैथुन
सामान्यतः महिलाले स्वयं आफ्नै यौनाङ्ग चलाएर गरिने हस्तमैथुन एकल महिला हस्तमैथुन हो। एक महिलाले अर्की महिलाको यौनाङ्ग चलाएर समेत हस्तमैथुन हुन्छ। विपरीत लिङ्गी यौन जोडीको उपलब्धता नहुँदा महिलाले यौन सन्तुष्टि लिन सजिलो उपायको रुपमा हस्तमैथुनलाई रोज्न सक्छन्। यसको अर्थ महिलाले यौनको विकल्पका रुपमा हस्तमैथुन रोज्छन्। जुन सामान्य हो। विपरीत लिङ्गी यौन जोडीसँगको विकर्षण र समलिङ्गीप्रति आकर्षित हुँदासमेत महिलाले हस्तमैथुनको बाटो रोज्छन्।

योनि चलाएर, चुम्बन गरेर, स्तन चलाउने जस्ता यौन क्रियाकलाप गरी हस्तमैथुन गर्न सकिन्छ। यसरी महिलाले हस्तमैथुन गर्नु पनि त्यति उचित भने हैन। हस्तमैथुनको क्रममा औँलाले योनि चलाउँदा योनि संक्रमणको जोखिम हुन्छ। जिब्रोले योनि चाट्दा मुखमा संक्रमण हुने जोखिम त्यत्तिकै हुन्छ। एचआइभी लगायतका रोगको जोखिम हुन्छ।

सामाधानको उपाय
निरन्तर हस्तमैथुन गर्दा प्राकृतिक यौनमा आकर्षण कम हुँदै जान्छ। निरन्तर गरिने हस्तमैैथुनले व्यक्तिको यौनको मामलामा शारीरिक तथा मानसिक रुपमा असर पुग्छ।

हस्तमैथुन गर्ने बानी परेको खण्डमा पनि कम गर्नु नै उचित हुन्छ। नियमित हस्तमैथुन गर्ने बानी भए कम गर्दै जानु ठीक हुन्छ। यौनसम्बन्धी समस्या भएको खण्डमा यौन विशेषज्ञ, मनोविद् तथा मानसिक रोग विशेषज्ञको सल्लाह लिई समस्या समाधानको बाटो अपनाउन सकिन्छ।

समय प्राकृतिक रुपमा यौन सम्बन्ध नराखी हस्तमैथुनमा सक्रिय हुँदा महिला साथीको आवश्यकताबोध नभएको पनि हुनसक्छ। यसका लागि बिस्तारै हस्तमैथुन घटाउने र आफ्नो यौन साथीसँगको निकटता बढाउने गर्नुपर्छ। यसबाट पनि समाधान नभए उपचार गरेर यौनसम्बन्धी यस्ता समस्या समाधान गर्न सकिन्छ। त्यसैले यौन समस्या भएको खण्डमा उचित विशेषज्ञको सल्लाह उचित उपचार विधि अपनाउन सकिन्छ। घरैमा समस्या पालेर नबसेकै राम्रो।
प्रस्तुतिः उपेन्द्र खड्का

शुक्रबार साप्ताहिकबाट

 








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad