coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एनआइसी र मेगा अन्तिम आठमा

काठमाडौं– एक्टिभ स्पोर्टस् कम्प्लेक्सको आयोजनामा शनिबारबाट सुरु पहिलो स्कोडा अन्तरबैंक फुटसल प्रतियोगितामा एनआइसी एसिया र मेगा बैंकले अन्तिम ८ मा स्थान पक्का गरेका छन्।

मोरङ अटो वर्कसपको मुख्य प्रायोजनमा भएको प्रतियोगिताका समूहचरणका खेल शनिबार एक्टिभ स्पोर्टस् कम्प्लेक्स ढोलाहिटी पाटनमा भएका थिए। जहाँ समूह ‘बी’ बाट ४ खेलमा शतप्रतिशत नतिजा ल्याएको एनआइसी एसिया समूहविजेता र मेगा बैंक ४ खेलमा ३ जित निकाल्दै ९ अंक जोडेर उपविजेताका रूपमा क्वार्टरफाइनल प्रवेश गरेका हुन्।

त्यस्तै समूह ‘ए’ बाट कुमारी बैंक समूहविजेता बन्दा ग्लोबल आइएमई उपवजिेता बन्यो भने समूह ‘सी’ बाट सिभिल बैंक समूहविजेता र प्रभु बैंक उपविजेता बने। यता समूह ‘डी’ बाट हिमालयन बैंकले समूहविजेताका रूपमा क्वार्टरफाइनलमा स्थान पक्का गर्दा एनएमबी बैंक उपविजेताका रूपमा अन्तिम ८ मा प्रवेश ग-यो।

प्र्रतियोगितामा सहभागी २० बैंकलाई चार समूहमा विभाजन गरिएको थियो। प्रतियोगिताको नकआउट चरणका खेल भने अर्को साता हुनेछन्। क्वार्टरफाइनलमा कुमारी बैंकले मेगा, एनआइसीले ग्लोबल आइएमई, सिभिल बैंकले एनएमबी तथा हिमालयन बैंकले प्रभु बैंकसँग प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँ हात पार्नेछन्।

प्रकाशित: १२ श्रावण २०७६ ०५:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App