coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मोटरसाइकल चोरी गरेर भाग्दै गरेका दुई पक्राउ

काठमाडौं-  मोटरसाइकल चोरी गरेर भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कुलेश्वरस्थित सुर्योदय फार्मेसी अगाडि पार्किङ गरी राखेको बा.७४ प ६५४७ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा कुलेश्वर पुल नजिकबाट कीर्तिपुर नगरपालिका–१२ भत्केको पाटी बस्ने २३ वर्षीय सुरज भुषाल र १९ वर्षीय सुरेन्द्र भुषाललाई मोटरसाइकल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ।  

                यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका–२० मनमैजु बस्ने नुवाकोट थानापति–८ की २४ वर्षीया सावित्री पाठकको कोठाबाट सुनको १ तोलाको सिक्री, मोवाईल १ थान, नगद २० हजार रुपैयाँ गरी करीव ८४ हजार रुपैयाँ बराबरको धनमाल आइतबार चोरी भएको छ। शंकास्पद २० वर्षीय पुरुषलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

                यसैगरी काठमाडौं चन्द्रागिरी नगरपालिका–१८ सिर्जना चोकस्थित केदार गिरीको घरको दोस्रो तलामा प्रवेश गरी चोरी गर्ने उद्धेश्यले स्टिलको दराज पेन्चिस र रिन्च प्रयोग गरी फुटाउँदै गरेको अवस्थामा सुनसरी रामगंगा–३ का  सरोज गुरुङलाई घरधनी गिरीले फेला पारी समातेर प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी प्रभाग बलम्बुको प्रहरीले गुरुङलाई पक्राउ गरेको छ।

प्रकाशित: २१ कार्तिक २०७३ ११:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App