मुम्बई – बलिउड अभिनेत्री अनुष्का शर्माले सामाजिक सञ्जाल इन्स्टाग्राममा वर्षाको कारण प्रभावित रहेको मुम्बईको ट्राफिक जाममा फस्दाको अनुभवबारे अभिव्यक्ति दिएकी छिन्। हालै उनका पति भारतीय क्रिकेटका कप्तान विराट कोहलीसँग आइसिसी वल्र्ड कपबाट फर्किएकी अभिनेत्री शर्मा कारभित्र निराश भएर खिचेको भिडियो इन्स्टाग्राममा राखेकी छिन्।
हरेक वर्ष वर्षामा मुम्बईका कारण सर्वसाधारणहरूको जीवनशैली प्रभावित हुने गरेको छ। बलिउड कलाकारहरूको जीवनशैली पनि मुम्बईको वर्षाको कारण प्रभावित भएसँग अधिकांश कामहरू ढिला हुने गरेका छन्।
‘परी स्टार’ नामक कारभित्र बसेर उनले वर्षाका कारण प्रभावित जनजीवनबारे दिएको निराश अभिव्यक्ति इन्स्टाग्राममा राखेकी छिन्। उनले आफ्ना फ्यानहरूलाई वर्षाका कारण प्रभावित रहेको मुम्बईको ट्राफिक जाममा फसेको स्टोरी इन्स्टाग्राममा पोस्ट गर्न उनले आग्रह गरेकी छिन्।
उनले इन्स्टाग्राम स्टोरीमा लेखेकी छिन्,‘जब जिन्दगीमा सबै कुराको कदर गनुपर्ने हुन्छ। बम्परमा ट्राफिक जामपनि आइपुग्नुपर्छ ?’ व्यंग्यात्मक शैलीमा लेखिएको उनको अभिव्यक्तिपछि उनले कारबाट बाहिर निस्किएर खिचेको फोटो पोस्ट गरेकी छिन्।
गत वर्ष रिलिज भएको व्यावसायिक रूपमा असफल ‘जिरो’ फिल्ममा अन्तिम पटक उनी देखिएकी थिइन्। उनी हाल नेटफिक्सको हरर सिरिज ‘बेताल’ मा अभिनेता शाहरूख खानसँग देखिने तयारीमा रहेकी छिन्। भारतीय क्रिकेट टोलीका कप्तान विराटसँग विवाह गरेपछि उनी फिल्म क्षेत्रमा सक्रिय छैनन्। विवाहपछि उनको ‘परी’, ‘सन्जू’, ‘सुई धागा’ र ‘जिरो’ रिलिज भएका थिए। यो सबै फिल्म उनले विवाहअघि नै साइन गरेकी थिइन्।
उनले पति विराटसँग समय बिताउन केही समय फिल्म क्षेत्रबाट ब्रेक लिएकी हुन सक्ने अनुमान बलिउडमा आवद्ध उनी निकट कलाकारहरू बताएका छन्। उनको प्रोडक्सन हाउसमार्फत ‘परी’, ‘फिल्लौरी’ र ‘एनएच १०’ फिल्महरू निर्माण भएका थिए।
प्रकाशित: १२ श्रावण २०७६ ०५:०३ आइतबार