coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खतरा बन्दै कमजोर भौतिक संरचना

पाँचथर - जिल्लाको हिलिहाङ गाउँपालिका–७ भारपा मन्दिरको छत झरेर गत सोमबार दुईजनाको ज्यान गयो। आफंैले बनाएको संरचना गुणस्तरीय नहँुदा उनीहरूको ज्यान गएको थियो। अघिल्लो आर्थिक वर्षको बजेटमा गाउँपालिकाले मन्दिर निर्माण सम्पन्न भएको प्रतिवेदनका आधारमा भुक्तानी पनि दिइसकेको छ। योजना कार्यान्वयनका क्रममा गाउँपालिका तथा स्थानीय जनप्रतिधिको प्रभावकारी अनुगमन नहुँदा तथा उपभोक्ता समितिले गुणस्तरीय सामग्री प्रयोग नगर्दा सो दुर्घटना हुन पुगेको बताइएको छ।

जिल्लामा आफंैले बनाएका संरचनाका कारणले हुने क्षतिको क्रम बढ्दो छ। निर्माणका क्रममा असावधानी अपनाउने, प्राविधिकसँगको मिलेमतोमा कमसल काम गर्ने तथा दीर्घकालीन प्रभावलाई ख्याल नगर्दा यस प्रकारका समस्या आउने गरेका छन्। ‘निर्माणका क्रममा ध्यान नपुग्दा दुर्घटना हुने गरेका छन्। हिलिहाङमा दुईजनाको ज्यान जानुको कारण पनि त्यही हो,’ जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी इक्सपेक्टर अनिल पौडेलले भने, ‘संरचना निर्माणमा ख्याल नगर्ने हो भने त्यसले खतरा बढाउँछ।’

सडकका कारण पानीको मुहान सुक्ने मात्र होइन। पहिरोको जोखिम उत्तिकै बढेर गएको छ। वातावरणीय प्रभावको आँकलन नगर्दा यस्तो समस्या हुने गरेको पाइन्छ।

विकासका नाममा गरिएका कामले जिल्लामा एकपछि अर्को समस्या सिर्जना गरिरहेका छन्। मेची राजमार्गको पांग्रे भीरमा त्यस्तै भयो। सडक डिभिजन कार्यालय इलाममार्फत खोल्सीजस्तो ठाउँमा एकतर्फी रहेको सडक विस्तार गर्ने नाममा अग्लो पहाडको भित्ता खोलियो। सोही पहाड पहिरो बनेर झर्दा १४ पल्ट सडक अवरुद्ध भइसकेको छ। पहिलोपल्ट ठूलो पहिरो जाँदा झन्डै एक साता मेची राजमार्ग अवरुद्ध बन्यो। पाँचथर, ताप्लेजुङ र तेह्रथुमका यात्रुले सास्ती बेहोर्नुप¥यो। सो सडक अझै जोखिमयुक्त छ। ठूलो पानी प¥यो भने कतिबेला खस्ने हो भन्ने चिन्ता रहेको स्थानीय राँके बजार व्यवस्थापन समितिका अध्यक्ष श्रीबहादुर विष्टले बताए।

जोखिम आँकलन नगरी सडक खन्दा सदरमुकामस्थित भेटरनी अस्पतालको भवन जोखिममा प¥यो। ४६ लाख खर्चिएर बनाइएको पर्खाल पनि दुई दिनअघि भत्किसकेको छ। वर्षा सुरुवातकै बेला जिल्लाको उत्तरी याङवर गाउँपालिका–२ का विभिन्न ठाउँमा पहिरो गयो। १४ परिवार त विस्थापित नै भए। लघु जलविद्युत् आयोजना, झोलुंगे पुल बगाउनुका साथै ठूलो क्षति हुन गयो। दर्जनौं ठाउँमा पहिरो गयो। ती पहिरो सडक र आसपासबाट गएको पाइएको छ। सडक बनाउने क्रममा ख्याल नगर्दा यत्रो क्षति भयो। सडककै कारण जिल्लाका धेरै ठाउँमा पहिरो गएका छन्।

धेरैजसो ग्रामीण सडक अवरुद्ध छन्। असारमा बनाइएका संरचना सबैभन्दा जोखिमपूर्ण भएको बताइन्छ। त्यसो त २०७४ सालमा फालेलुङ गाउँपालिकामा गएको पहिरोले सयौं विस्थापित भए। यहाँ गएका पहिरो सडक आसपासमै थियो। सडक नै पहिरो जानुको मुख्य कारण भएको आँकलन त्यतिबेला गरिएको थियो। जथाभाबी सडक, भवन, खेलमैदानलगाय निर्माण कार्यले जोखिम बढाएको छ।

सडकका कारण पानीको मुहान सुक्ने मात्र होइन। पहिरोको जोखिम उत्तिकै बढेर गएको छ। वातावरणीय प्रभावको आँकलन नगर्दा यस्तो समस्या हुने गरेको पाइन्छ। राष्ट्रिय प्राथमिकतामा परेको कोसी करिडोरको समेत वातावरण प्रभाव मूल्यांकन भएको छैन। हतारहतार असारमा विकास गर्ने र अनुगमन नहुने हुँदा धेरै संरचना जोखिमपूर्ण छन्। धेरै सडकहरु जोखिममा छन्। धेरैजसो ग्रामीण सडक हिउँद लागेपछि पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेका छन्।

प्रकाशित: १२ श्रावण २०७६ ०२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App