७ वैशाख २०८१ शुक्रबार
राजनीति

समाजवादको पथमा फर्किन आग्रह

वीरगन्ज - वैचारिक अगुवाका रूपमा चिनिने नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीका तीन नेताले नेपालका राजनीतिक दललाई समाजवादको पथमा फर्किन आग्रह गरेका छन्। कांग्रेस नेता प्रदीप गिरी, नेकपाका नेता घनश्याम भुषल र राम कार्कीले वीरगन्जमा एउटै मञ्चबाट समाजवादबारे विचार मन्थन गरेका हुन्।

विपी कोइरालाको ३७ औं र पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवसका अवसरमा पाठशाला संस्थाले आयोजन गरेको कार्यक्रमा उनीहरूले समाजवाद मानवमैत्री व्यवस्था भएको दाबीसमेत गरे। नेपालमा भने समाजवादको आन्दोलन नेपाली कांग्रेस, कम्युनिस्ट पार्टी र आफूलाई समाजवादी भनेका दलले व्यवस्थाभित्र लागु गराउन नसकेको उनीहरूको साझा धारणा देखियो। ‘हामीकहाँ समाजवाद अलमलमा छ, कमरेड केपी शर्मा ओलीको बेग्लै समाजवाद छ, कमरेड दहालको समाजवाद अलगै छ, बेलायतमा पढ्नु भएका शेरबहादुर देउवाजीको समाजवाद उहाँहरूभन्दा के कम छमिकको जीवन उठ्न नसेकेको उनले बताए।

देशलाई राजश्व दिने, रोजगारीको अवसर सिर्जना गर्ने राष्ट्रिय पँुजीवादलाई दलाल पुँजीवादले उठ्न नदिएको विश्लेषण उनको छ। राष्ट्रिय पुँजीवादीसँग सीमान्त्कृत, गरिब र श्रमिक जोड्नुपर्ने उनको तर्क छ। राष्ट्रिय पुँजी तथा सीमान्त्कृत, गरिब, श्रमिकलाई संविधान, कानुन र नीतिनियम बनाएर कसरी उद्यमतिर लैजान सकिन्छ भन्ने राज्यको लागि आजको सबभन्दा अहम् प्रश्न भएको उनले ठोकुवा गरे। उनले राजनीतिक दलहरू नसुध्रिए परिवर्तन नहुने ठोकुवा गरे।

यस्तै, नेता राम कार्कीले नीति निर्माण बाहिरबाट विज्ञ ल्याएरभन्दा वास्तविक सरोकारवालाको परामर्शबाट हुनुपर्ने बताए। उनले कृषक, मजदुर र बेरोजगारका कुरा उनीहरूको बिचमा गएर संकलन गरी नीति निर्माण हुनुपर्नेमा जोड दिए। बैंकहरूले धन हेरेर मात्र ऋण दिने गरेको र धनीले मात्र बैंकलाई डुबाउने गरेको उनले औंल्याए। सहकारीमार्फत बेरोजगार गरिबलाई ऋण दिने व्यवस्था ल्याउदा त्यसलाई लिन नेताले सहकारी दर्ता गराएर अगाडि देखिने गरेको उनको तर्क थियो। राज्यले नागरिकलाई सुलभ र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य उपलब्ध गराउनुपर्ने बताउँदै कार्कीले आफूलाई कम्युनिस्ट भन्ने व्यक्तिले शिक्षा र स्वास्थ्यमा नाफा कमाउन लगानी गर्न नहुने उनको भनाइ थियो। समाजवादले पुँजीवाद जस्तै दोहन नगरी सन्तुलन कायम गर्ने भएकाले यो उत्कृष्ट व्यवस्था रहेको उनले दाबी गरे। कार्यक्रममा कांग्रेस नेता रमेश रिजाल, विभिन्न पार्टीका प्रदेश सांसदलगायत उपस्थित थिए। वीरगन्जको नगरसभागृहमा आयोजित कार्याक्रममा विभिन्न क्षेत्रका अगुवा तथा पेशाकर्मीको उपस्थिति थियो।

प्रकाशित: १२ श्रावण २०७६ ०१:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App