६ वैशाख २०८१ बिहीबार
समाज

डच पर्यटकको खोजीमा हेलिकप्टर र कुकुर

बाबियाचौर (म्याग्दी)-धौलागिरि आधार शिविर क्षेत्रबाट हराएका एक पर्यटकको खोजीमा हेलिकप्टर परिचालन गरिएको छ ।


म्याग्दीको मुदी गाविसमा पर्ने इटली क्याम्पबाट आधार शिविरतर्फ फर्कने क्रममा गत जेठमा हराएका नेदरल्यान्ड्सका ३५ वर्षीय क्रिस्टन विल्सनको खोजी गर्न आइतबारदेखि हेलिकप्टर परिचालन गरिएको हो ।

नेपाली र नेदरल्यान्ड्सका १० उद्धारकर्मीसहित तालिमप्राप्त दुई कुकुर बेपत्ताको खोजीमा हेलिकप्टर मार्फत गएको जिप्रकाका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले बताए ।

विल्सन गत जेठ ४ गतेदेखि सम्पर्कविहीन छन् । उनको खोजीमा श्री एयरको एउटा हेलिकप्टर प्रयोग भएको बताइएको छ । भौगोलिक रुपमा विकट उक्त क्षेत्रमा पैदल हिँडेर पुग्न धेरै समय लाग्ने भएकाले हेलिकप्टर मार्फत सम्भावित क्षेत्रमा खोजी गरिएको हो । बर्खायाम र प्रतिकूल मौसमका कारण रोकिएको खोजी मौसम सफा भएपछि पुन सुरु गरिएको हो ।

सम्पर्कविहीन भएकै दिन घरबाट फेसबुकमा आएको सन्देश हेरेका उनको खोजीका लागि सहयोग गरिदिन परिवारका सदस्यले सबैलाई आग्रह गरेका छन् । रासस

प्रकाशित: २१ कार्तिक २०७३ ०७:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App