coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

वीर अस्पताल एक सय ३० वर्षमा

काठमाडौं – मुलुककै पहिलो अस्पतालवीर १३०औं वर्षमाप्रवेश गरेको छ। वि.सं. १९४७ साउन १२ गते १५ शैयाबाट शुरु भएको वीरमाथिआर्थिक पारदर्शीता र गुणस्तरीय सेवाप्रदानगर्ने विषयचुनौतिपूर्ण बन्दै गएको छ। ४६० शैयाबाट आमजनतालाई उपचार दिंदै आएपनि २०७२ को विनासकारी भूकम्पपछि ३८० शैयामासिमितबन्नपुगेको हो।
विसं१९९०मै सिभिल मेडिकल स्कुलको शुरुवात गरेको बीरले २०५१ सालमापीजीएमइसीसीमार्फत एमडी एमएसको अध्ययनथालेकोे हो। २०५९ माचिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)को रुपमा स्थापितभई हाल एमडी÷एमएस, एमडीएस, डीएमएमसीएच साथै पीबीएन, एमएन, एनेस्थेसिया सहायक, एमआईटीमा अध्यापनहुँदै आएको छ। वीर अस्पतालको स्टाफ क्वाटर तथानर्सिङ क्याम्पस भएको १७ रोपनीजग्गामाअत्याधुनिक साततले ६५० शैयाको भवननिर्माणाधिन छ।

जाइकाको सहयोगमा ९१ शैयाको भवननिर्माण सम्पन्नभइ जेठमा नै न्याम्सलाई हस्तान्तरण गरिसकेपनिभवनप्रशासनको लापरबाहीकाकारण अझै पूर्ण रुपमा सञ्चालनमाआउन सकेको छैन। अस्पताल विस्तारकालागि सरकारले भक्तपुरको दुवाकोटमा ५७० रोपनीजग्गान्याम्सलाई उपलब्ध गराइसकेको छ। एक हजार शैयाको अस्पताल बनाउनकालागि डिपिआर तयार गर्न सरकारले गतवर्ष छुट्याएको १५ करोड फ्रिजभएपनि फेरि डिपिआरकै लागि ४० करोड छुट्याएको छ।

बिरामीको चाप बढ्दै जाँदातयसलाई थेग्ननसक्ने अवस्थामा अस्पताल पुगेपनि सरकारले दिएको करोडौ रकमप्रयोग गर्न नसक्ने र आफ्नै सम्पत्तीतथाउपकरणसमेत प्रयोग गर्न नसक्ने अवस्थापनिविद्यमान छ। वीरको नाममा देशभरी रहेका सयौ रोपनीजग्गाहरु पनिउपयोग हिनबन्दै गइरहेका छन्। उच्चपदस्थअधिकारीसहित सर्वसधारणको उपचारको थलो वीरमा गुणस्तर हिनउपकरण खरीदभएको गुनासो कर्मचारीहरुले गर्न थालेका छन्। करोडौ लगानीमाखरिद भएको उपकरणहरु प््रयोगहिनबन्दै गएका छन्। गतवर्ष ४० करोडमा खरिद गरीएको इन्ट्र अप्रेटिभ सिटीस्क्यान मेसिनप्रयोग हिनबन्दै आएको छ भने ४२ करोडमा किनीएको टोमोथेरापी मेसिनपनि सञ्चालनमा नरहेको अस्पताल स्रोतको दाबी छ। एनजीओग्राम, सीहाम, स्पेसल एक्सरे, मेमेग्राम, आईसीयू भेन्टिलेटरलगायतका मेसिनहरु मर्मत हुन सकेका छैनन्। जसले गर्दा सर्वसधारण जनतामहंगो शुल्कतिरर निजी अस्पतालहरुमा परिक्षण र उपचारकालागिजानबाध्य छन्। ‘वीरका केहीकर्मचारी र चिकित्सकहरुले कमिसनलिएर वीरामीहरुलाई निजी अस्पतालमा जानबाध्यबनाइरहेका छन्,’ एक कर्मचारीले भने, ‘कमसिनको चम्करमाउपकरणहरु मर्मत हुन सकेन अनिखरिद भएकापनिप्रयोगमाआएन।’

विरामीकालागिदिइने अण्डा, चिनी, चना, पाँचकिलो आटा, विस्कुट जस्ता खाद्यपदार्थ १ रुपैयाँमाउपलब्ध गराउने भन्दै निटकलाई टेण्डर दिएको आरोप पनि अस्पताल प्रशासनलाई लाग्ने गरेको छ। खानाको जिम्मापाएको समुहले झण्डै १० हजार मूल्य पर्ने सामानहरु ह्वीलचियर, ट्रली, एक्सरे भ्यू बक्स, विपी सेट, मोनिटरलगायतका सामाग्रीहरु एक पैसामाउपलब्ध गराउन टेण्डर पारेको छ। र, अस्पताल प्रशासनले डेन्डर स्वीकृत गरेको छ। अस्पतालमा आर्थिक अनियमितताभएको भन्दै यसअघि स्वास्थ्यतथा जनसंख्यामन्त्रालय, सार्वजनिकखरिद अनुगमनकार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धानआयोग र प्रधानमन्त्रीतथामन्त्रीपरिषद्को कार्यालयमा समेत उजुरीपछि छानविनसहित प्रधानमन्त्रीलारुई प्रतिवेदनसमेत बुझाएको स्रोतको जनाएको छ। उपकरण खरिद, आनवश्यककर्मचारी भर्नासहितकाविषयमाअनियमितताभएको भन्दै छानविन समितिले सम्बन्धीतअधिकारीलाई कारवाहीको सिफारीस गरेको स्रोतको दाबी छ।

 

प्रकाशित: १२ श्रावण २०७६ ०१:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App