८ वैशाख २०८१ शनिबार
समाज

रौतहटमा बाढी प्रभावित क्षेत्रको निरीक्षण

रौतहट– राज्य निर्देशक सिद्धान्त, नीति तथा उत्तरदायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याकंन समितिले रौतहटका बाढी कटान र प्रभावित बस्तिहरुको स्थलगत अनुगमन निरीक्षण गरेका छन्। समितिका सभापति निरादेवी जैरुको नेतृ्त्वमा आएको सात सदस्यीय टोलिले रौतहटको बागमती र लाल बककैया नदीमा आएको बाढीले कटान गरेको तटबन्ध र प्रभावित बस्तीहरु मै पुगेर टोलिले शनिबार अनुगमन निरीक्षण गरेका छन्।

समितिका सभापति जैरुको नेतृत्वमा आएको टोलिले रौतहटमा बाढीले क्षति पुर्याएका बस्तीहरुको अनुगमन निरीक्षण पश्चात पीडितहरुको अवस्था र दिर्घकालिन उपायको बारेमा संसदीय समितिमा प्रतिवेदन पेश गर्ने अभियान अन्तर्गत टोलि रौतहट आएको हो।

बागमती र लाल बकैया नदीबाट प्रभावित स्थानीय तहमा बाढीबाट भएको जनधनको क्षतिको तथा भत्किएको संरचनाहरुको निरीक्षण गरेका छन्। टोली रौतहट पुग्दा ७ जना माननीय सांसदहरु मात्रै सहभागी थिए। सभापति जैरुसँग नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका संघीय साँसद प्रभु साह, संघीय सांसद अनिलकुमार झा, देवप्रसाद तिमल्सिना, कालीबहादुर मल्ल, दुर्गा पौडेल, सरला यादव र लक्ष्मी परियार आएका थिए। उक्त टोलीले लाल बकैयाको बाढीले कटान गरेको कटहरिया, देवाही गोनाही बाँध, बागमतीले गढीमाई नपाको लक्ष्मिपुरमा कटान गरिएको बाँध, दुर्गा भगवतीको वडा नम्बर २ भलोहिया नजिक रहेको डोरी खोलाले गौर गंगापिपरा समनपुर रजैया सडक बाटो बगाएको स्थान, दुर्गा भगवतीकै बडहर्वा, राजदेवीको बसतपुर, कडवना, व्रम्हपुरी, राजदेवी, गौर नगरपालिका नजिक रहेको भारतीय बाँधको कारण बर्षेणी डुवानमा पर्दै आएको गौर लगायतको स्थानहरुको स्थलगत रुपमा निरीक्षण गरेका छन्।

मुलुकमा प्राकृतिक विपत्ति परेको अवस्थामा समितिले अनुगमन तथा मूल्याकन गरी संसदमा प्रतिवेदन पेश गरी सोही अनुसार कार्यान्वयन गराउन दायित्व रहेको छ। संविधानको धारा ५१ क को ४ मा मानविय सुरक्षा, प्राकृतिक साधन श्रोतको संरक्षण सम्बर्धन, ५१ क को ६ मा प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनीकरण गर्ने पूर्व सुचना तयारी उद्धार राहत एवं पूर्नसंरचना लगायतका कार्य गर्न गराउन लागि नेपालको संविधानको धारा ५३ बमोजिम यो समिति गठन भएको  बुझिएको छ। 

बागमती र बकैया नदीमा आएको बाढीबाट भत्किएका संरचनाहरुलाई अविलम्ब मर्मत गर्नुपर्ने, राजदेवीको व्रम्हपुरी, बसतपुरलगायतका स्थानहरुमा भईरहेको जग्गा कटानलाई तत्काल नियन्त्रण गर्न सम्बध निकायलाई निर्देशन दिइने, भत्किएका सडकको संरचनाहरुलाई तत्काल मर्मत गरी संचालनमा ल्याउन सहित बाढी पीडित जनताहरुलाई हालसम्म पाएको राहत एवं विस्थापितहरुको अवस्थाबारे समेत जानकारी लिएको संघीय सांसद देवीप्रसाद तिमल्सिनाले बताएका छन्।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याकंन समितिका सभापति जैरुसहितका सदस्यहरुलाई असार २७ र २८ गते आएको बाढीबाट जिल्लामा भएको मानविय एवं भौतिक क्षति सन्दर्भमा प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी गराए। सो समितिसँगै संघिय सांसद सरला यादव र समितिका कर्मचारीहरुको उपस्थिति रहेको बताइएको छ।

प्रकाशित: ११ श्रावण २०७६ १५:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App