ब्रेक्जिट एउटा ‘बृहत आर्थिक अवसर’ होः प्रधानमन्त्री जोन्सन

शनिबार, ११ साउन २०७६, १९ : ५१ नागरिक

म्यानचेस्टर- ब्रेक्जिट एउटा ‘बृहत आर्थिक अवसर’ भएको तर आफ्ना पूर्ववर्ती टरिजा मे ले यसलाई समात्न नसकेको बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार म्यानचेस्टरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बताएका छन्।

बेलायत यूरोपेली संघ (इयू) बाट बाहिरिनु पर्छ भन्ने पक्षमा सशक्त मतदान भएको म्यानचेस्टर युनाइटेडमा प्रधानमन्त्री जोन्सनले नयाँ लगानी र रोजगारीका अवसर ल्याउने प्रतिवद्धता प्रकट गर्दै आफ्नो सरकारले ब्रेक्जिटपछि हुने व्यापार सम्झौताका लागि वार्ताहरूलाई अघि बढाइने बताए। उनले ठाउँठाउँमा स्वतन्त्र बन्दरगाहको स्थापना गरी बेलायती अर्थतन्त्रलाई प्रोत्साहन गर्ने पनि उक्त अवसरमा जानकारी गराए।

जोन्सनले सन् २०१६भन्दा पहिलेको पूरानो नेतृत्वलाई सङ्केत गर्दै भने 'बेलायती नागरिकले इयू छोड्ने पक्षमा मतदान गर्दा उनीहरूले मात्रै ब्रसेल्सविरूद्ध मतदान गरेका थिएनन् तर लण्डनका विरूद्ध पनि मतदान गरेका थिए।” उनले बेलायती नागरिकले पूरानो परम्परावादी शासन पद्धतिका विरूद्ध पनि मतदान गरेको बताउँदै आफ्नो सरकारले स्थानीय सरकारलाई थप शक्ति दिने, सूचना तथा सञ्चार क्षेत्रलाई प्रोत्साहन गर्ने र यातायातका संरचनालाई विस्तार गर्ने पनि बताए।

उनले भने, “वेस्ट मिनिस्टरका लागि इयूबाट सार्वभौमसत्ता पुनः प्राप्ति गर्ने कुरा मात्रै महत्वपूर्ण होइन। अब हाम्रा शहर, जिल्ला र बजारहरू थप स्वशासित बन्नुपर्छ।” 

“इयूबाट बाहिरिनु ‘एउटा बृहद् आर्थिक अवसर हो’ जसले हामीले दशकौँसम्म गर्न अनुमति नपाएका तर मुलुकको हितका लागि सकारात्मक काम गर्ने अवसर मिल्नेछ।”  ब्रेक्जिट वार्ताको भविष्यबारेमा सोधिएको प्रश्नमा उनले भने, आफूले इयू नेताहरूसँग नयाँ वार्ताका लागि पहल गर्ने र आफ्ना पूर्ववर्ती नेता मेले गरेको सम्झौताको ‘ब्याकस्टप क्लज’ लाई हटाउन आग्रह गर्ने बताए।

ब्याकस्टप क्लज भनेको ब्रेक्जिट प्रसँगमा बहिर्गमनपछि बेलायती उत्तरी आएरल्याण्ड र इयू सदस्य राष्ट्र, गणतन्त्र आएरल्याण्डबीच सबै बिषयमा स्वतन्त्र आवतजावतको शर्त हो।  एएफपी
 








यसमा तपाईको मत

अन्य समाचार

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...

बयलबासमा प्रभु बैंक

बयलबासमा प्रभु बैंक

प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...

होङ्सी शिवमको स्वास्थ्य शिविर

होङ्सी शिवमको स्वास्थ्य शिविर

होङ्सी शिवम् सिमेन्ट प्रालिका कर्मचारीको सहयोगमा चिनियाँ चिकित्सा टोलीले १६ पाल्पाको निस्दीमा पर्ने ज्यामिरमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको...

आइएमई लाइफको सभा

आइएमई लाइफको सभा

आइएमई लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad