८ वैशाख २०८१ शनिबार
समाज

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

भक्तपुर– भक्तपुरको सूर्यविनायकमा शनिबार भएको सवारी दुर्घटनामा परी एकजना बालकको मृत्यु भएको छ। काठमाडौंबाट भक्तपुरतर्फ आउँंदै गरेको एउटा मोटरसाइकलले पैदल यात्री ९ वर्षका दिप श्रेष्ठलाई ठक्कर दिंदा बालकको मृत्य भएको प्रहरीले जनाएको छ।

बा ९५ प ९४३५ नं को मोटरसाइकलले ठक्कर दिँदा सिन्धुपाल्चोक चौतारा नगरपालिका गैरीगाउँं घर भई हाल भक्तपुरको सूर्यविनायकमा डेरा गरी बस्ने बालक श्रेष्ठको निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। ठक्करपछि घाइते भई उपचारको लागि भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा अस्पताल लगिएको उपचारकै क्रममा बालकको मृत्यु भएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए।

मोटरसाइकल चालक काठमाडौं महानगरपालिका वडा नं ५ हाडीगाउँं वस्ने १९ वर्षे दिपेश श्रेष्ठ र मोटरसाइकल नियन्त्रणमा लिइएको जनाइएको छ। मोटरसाइकल पछाडी सवार रहेका संखुवासभा खाँदवारी घर भइ हाल काठमाडौंको कालोपुल वस्ने वर्ष २० की एनी गुरुग घाइते भएको र उनको भक्तपुरको मध्यपुुर थिमिस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

 

प्रकाशित: ११ श्रावण २०७६ १३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App